‘जेनजी’को प्रदर्शन:पोखरामा कर्फ्यु आदेश जारी

हिमाली आवाज । ‘जेनजी’ पुस्ताको विरोध प्रदर्शनलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानमा कर्फ्यु घोषणा गरेको छ । पोखरा महानगरपालिका–७ सहिदचोक क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेगेट (बैदाम), उत्तरतर्फ मालमोत कार्यालय र दक्षिणतर्फ राष्ट्रबैंकचोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालयअगाडि, ड्यामसाइड)सम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । जेनसी पुस्ताका युवाले सोमबार बिहानैदेखि पोखराका विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन् ।

जेनसीको प्रदर्शनका कारण पोखराको शहीदचोकक्षेत्र तनावग्रस्त भएको छ । प्रदर्शनकारीहरुले मुख्यमन्त्री कार्यालयमा ढुँगामुढा गरेका छन् । यसैगरी एउटा सरकारी गाडीमा समेत आगजानी गरेका छन् ।

Comments
Loading...