हिमाली आवाज । जेनजी समूहको प्रदर्शनका क्रममा भएको आगजनीका कारण ठप्प पोखरा महानगरपालिकाको सेवा १ असोजबाट सुरु हुने भएको छ ।

महानगरको ५२ औं कार्यपालिका बैठकले आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरुमा भएको क्षतिको एकीन विवरण संकलन गर्ने र उचित ठाउँको व्यवस्थापन गरी सेवा दिने निर्णय गरेको हो । महानगरका प्रवक्ता मोति तिमिल्सिनाले भर्चुअल रुपमा बैठक बसेर सेवा प्रवाहलाई सुचारु गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
कार्यपालिकाको शनिबार भर्चुअल बैठक बसेको थियो । बैठकले १ असोजबाट नै सरकारी विद्यालय पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।