हिमाली आवाज । पोखरा महानगर पालिका वडा नं ६मा स्थित हाम्रो सामुदायिक बचत तथा ऋण सहकारीको संस्थाको २९ करोड ३७ लाख ८६ हजार ६ सय २७ रुपैया लगानी मा रहेको छ । यो लगानी गत असार महिनामा कायम भएको हो ।
सहकारीले गत आवको भन्दा ३ करोड ६६ लाख ३५ हजार ६ सय ३५ रुपैया थप भई बढी लगानी गरेको हो । सहकारीको शनिबार भएको १५ औ साधारण सभामा संस्थाका अध्यक्ष लक्ष्मी नारायण श्रेष्ठले सहकारीको आर्थिक बर्ष २०८१÷०८२ बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै उक्त कुरा बताउनुभयो ।

जम्मा ७ करोड ८९ लाख ६५ हजार ४ सय सेयर पूँजी रहको सहकारीले २२ करोड ९१ लाख ८४ हजार ५ सय ८० रुपैया निक्षेप संकलन गर्न सफल भएको छ । यसैगरी ३ करोड ९५ लाख ३६ हजार ९ सय ५० रुपैया सहकारीको जगेडा कोषमा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सहकारीले आर्थिक वर्ष २०८१÷०८२मा संस्थाले ३ करोड ४५ लाख ९३ हजार ४ सय ५ रुपैया आम्दानी गरी २ करोड ९८ लाख ४१ हजार २ सय ७३ रुपैया खर्च भइ ४७ लाख ५२ हजार १ सय ३२ रुपैया खुद नाफा कमाउन सफल भएको हो ।
प्रमुख अतिथि एवम् सेयर सदस्य पोखरा महानगर पालिका वडा नं– ६ वडा अध्यक्ष बिष्णु बहादुर भट्टराइले सभाको उद्घाटन गर्दै सहकारीले वित्तिय अनुसासनमा रहेर काम गर्दै आएकाले कुनै शंका नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । सेयर सदस्यहरुको सहकार्य नै सहकारी भएको बताउँदै उहाँले सबै सेयर सदस्यले आफ्नै सहकारीका बचत तथा ऋण लिएर कारोबार गर्नुपर्ने धारणा राख्नुभयो ।
महानगर सहकारी समितिका संस्थापक अध्यक्ष तथा कार्यसमिति सदस्य तेजनारायण अधिकारीले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।सल्लाहकार पम्फा देवकोटा पहारीले संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा सझाव दिनुभयो ।
सेयर सदस्य जगनाथ पौडेलले नेपालकै उत्कृष्ट सहकारी रुपमा अगाडी बढाउने गृहकार्यमा लाग्न सम्पूर्ण शेयर सदस्य र संचालक समितिलाई आग्रह गर्नुभयो ।
खहरे आमा समुह अध्यक्ष अन्जना पहारीले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले चनाखो भई आर्थिक पारदर्शितामा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
सभाले अध्यक्ष क्षेष्ठले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको प्रतिवेदन, सचिव चिरञ्जिवि पोखरेलले पेश गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद ढकालले पेश गरेको आर्थिक प्रतिवेदन र ऋण लगानी तथा असुलि उपसमितिका संयोजक भरत बहादुर पौडेल प्रस्तुत गरेको प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक बिष्णु प्रसाद बरालले प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारित गरेको छ । सभामा स्वागत मनतब्य उपाध्यक्ष भरत बहादुर पौडेल राखेको कार्यक्रममा कार्यसमितिका सदस्य सुनिता बराल सहकारीका सात सिद्धान्त वाचन गर्नुभयो ।
कार्यक्रममा माध्यमिक तहतर्फ उत्कृष्ट विद्याथीहरु छात्र तर्फ सौरभ सुबेदी र छात्रा तर्फ आयुषा घिमिरे र उच्च माध्यमिक तहतर्फ उत्कृष्ट विद्यार्थी छात्र सुसान्त बराल र छात्रा तर्फ रचना श्रेष्ठलाई समान गरिएको सहकारीका प्रधान व्यवस्थापक डम्मरुराज बरालले जानकारी दिनुभयो । उत्कृष्ट कारोबार दाता कमल थापा र नमराज नेपालीलाइ समेत कार्यक्रममा सम्मान गरिएको थियो ।