हिमाली आवाज । चापाकोट स्याङ्जा पोखरा सम्पर्क मञ्चको आज पोखरामा सम्पन्न पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले शंकर श्रेष्ठको अध्यक्षताम मञ्चको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट नयाँ कार्यसमिति गठनको लागि अख्तियारी पाएको सल्लाहकार बद्री आचार्य संयोजक रहेको निर्वाचन मण्डलले मञ्चको नयाँ कार्यसमिति घोषणा गरेको थियो ।
मञ्चको उपाध्यक्षमा गणेश गिरी र सन्तोष श्रेष्ठ, सचिव नारायण पौडेल, कोषाध्यक्ष भगवान भट्टराई र सहसचिव अर्जुन कँडेल रहनुभएको छ । यसैगरी सदस्यहरुमा तिलकी हमाल, मदन पंगेनी, विष्णु भट्टराई, गोपाल अधिकारी र गंगा राना रहनुभएको छ ।

संस्थाका अध्यक्ष हिमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाँडले गर्नुभएको थियो । सो अवसरमा नगर प्रमुख खाँडले आर्थिक पारदर्शिताको साथ आफ्नो कार्यकाल सम्पन्न गरेकोमा मञ्चको वर्तमान समितिलाई बधाई तथा चापाकोटको समग्र विकासको लागि यस चापाकोट स्याङ्जा पोखरा मञ्चले रचनात्मक भूमिका खेल्नेमा विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा विजया दशमी तथा दीपावली लगायत सम्पूर्ण चाडपर्वको शुभकामना समेत प्रदान गरिएको थियो । यसैगरी यसै संस्थाका संस्थापक सल्लाहकारहरू बद्री आचार्य बाबुराम गिरी लगायतले मन्तव्य राख्नुभएको थियो ।