हिमाली आवाज । विश्व पर्यटन दिवसका अवसरमा शनिबार पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदुरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले जित्नुभएको छ ।
राउतले निर्धारित आठ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि सहित नगद ५० हजार, मेडल र प्रमाणपत्र पुस्कार प्राप्त गर्नुभयो ।
पोखरा–२२ स्थित विश्वशान्ति स्तुपदेखि सुरु भएको दौड पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी कालाबाङ घरेडी बुद्धपार्क पुगेर टुँगिएको हो ।

यसैगरी सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो हुनुभयो। करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँहरुले क्रमशः रु ३० हजार र रु १५ हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो ।
यसैगरी गौतम श्रेष्ठ चौथो हुँदै रु सात हजार र पाँचौं हुनुभएका सफल लामाले रु तीन हजार प्राप्त गर्नुभयो ।विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेटले ४९ मिनेट ५१ सेकेण्डमा निर्धारित दूरी पार गरी उपाधि सहित रु १५ हजार पुरस्कार जित्नुभयो । भेट्रान्सतर्फ गण्डकीबाट किशोर थापा प्रथम हुँदै रु १५ हजार प्राप्त गर्नुभयो ।
यसैगरी पोखरा–२२ वडातर्फको प्रतिस्पर्धामा कुशल परियार प्रथम र सुजल परियार दोस्रो हुनुभयो । महिलातर्फ कोशीकी पदमकुमारी सुनुवार प्रथम हुँदा बागमतीकी नीतु तामाङले द्धितीय हुनुभयो । वडा र महिलातर्फ प्रथम र दोस्रोले जनही रु १५ हजार र रु सात हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो ।
प्रतियोगिता अन्र्गत यू–१६ को विधामा प्रकाश थिङ प्रथम र तीलबहादुर परियार द्धितीय हुँदै जनही रु १५ हजार रु सात हजार पुरस्कार पाउनुभयो ।
खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाल सहित आठ देशको प्रतिनिधित्व थियो । विभिन्न छ इभेन्टमा कुल एक सय १७ जना धावक सहभागी भएको प्रतियोगिता संयोजक दीननाथ बरालले बताउनुभयो ।
विश्व पर्यटन दिवस भएकाले दौड पूरा गरेका विदेशी धावकलाई पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले माला लगाई स्वागत गर्नुभएको थियो ।