हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको हो । पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

जग्गा हिनामिना गर्ने योजनामा भएको घुस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको हो ।
त्यस्तै, यस प्रकरणमा मुछिएका मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई ५३ लाख रुपैयाँ, सुजनकुमार लामालाई ७८ लाख, खमबहादुर पुनविरुद्ध २५ लाख र याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर ७८ लाख बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ ।