लालीगुराँस एशोसिएसन राष्ट्रिय लिगमा :वडा अध्यक्षको सर्मपण र क्लब अध्यक्षको सक्रियताले उत्कृष्ट बन्दै

हिमाली आवाज ।  पोखराको लालीगुराँस एशोसिएसनले राष्ट्यि लिगमा स्थान बनाएको छ । लालीगुरासँ एशोसिएसन पोखरा वडा नं १२ को क्लब हो । हेटौंडा स्थित गौरीटार रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पोखराको लालीगुराँस एशोसिएसन क्लबले मंगलबारको महत्वपूर्ण खेल जित्दै राष्ट्रिय लिगमा छनोट हुने पहिलो टोली बन्न सफल भएको छ ।

मंसिर २ सम्म सञ्चालन हुने यो लिगमा १० टोलीको सहभागिता रहेको छ । दुई समूहमा विभाजन गरिएका टोलीमध्ये प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन । सेमिफाइनलमा पुगेका टोलीहरूले आगामी पुस महिनामा हुने राष्ट्रिय लिगमा सहभागिता जनाउनेछन । विजेता टोलीले उपाधिसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन

पोखरा महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष सन्तोष बास्तोला निर्वाचित भएपछि वडाभित्रका युवा र समुदायबीच एकता र सक्रियता बढेको स्थानीयवासीले बताएका छन । वडा कार्यालयले खेलकुदमार्फत युवाहरूलाई सकारात्मक मार्गदर्शन र समुदाय विकासमा संलग्न गराउने उद्देश्यले निरन्तर सहयोग पु¥याउँदै आएको छ ।

त्यसक्रममा लालीगुराँस एशोसिएसन नेपालका अध्यक्ष डमरजङ गुरुङको नेतृत्वमा क्लबले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ । क्लबले खेलकुद, सामाजिक सेवा र सांस्कृतिक क्षेत्रमा निरन्तर सक्रिय भूमिका निभाउँदै आएको छ । क्लबका अध्यक्षका अनुसार वडाको सहयोगले लालीगुराँस क्लबलाई वडाभित्र मात्र नभई पोखराकै उदाहरणीय संस्था बनाउन मद्दत पुगेको छ ।

वडाध्यक्ष बास्तोलाले आगामी दिनमा पनि युवा, खेलकुद र सांस्कृतिक क्षेत्रमा निरन्तर सहयोग गर्दै वडालाई सक्रिय र आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Comments
Loading...