लायन्स फिस्टेल सिटी स्टारबाट बालज्योति स्कुलमा खेलकुद र स्टेशनरी सहयोग

हिमाली आवाज । लायन्स क्लव अफ पोखरा फिस्टेल सिटी स्टारले आज एक कार्यक्रमकाबीच कास्कीको एक विद्यालयका विद्यार्थीलाई खेलकुद र स्टेशनरी सामग्री सहयोग गरेको छ ।

अन्नपूर्ण गाउँपालिका–३ मराम्चे स्थित वालज्योति आधारभूत विद्यालयमा सो सहयोग प्रदान गरिएको हो । सो सहयोग हस्तान्तरण कार्यक्रम लायन्स फिस्टेल सिटी स्टारका अध्यक्ष सवनम अधिकारीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट एरिया लिडर एमजेएफ ठाकुर प्रसाद अधिकारीले लायन्स क्लब समाज सेवाको अर्को पर्यायवाची नाम भएको बताउनुभयो । उहाँले कम अवसर प्राप्त गरेका बालबालिकाको शैक्षिक उन्नयनमा क्लबले सहयोग गरेको बताउँदै यस्ता खालका कार्यमा आगामी दिनमा समेत जोडिने प्रतिवद्धता जनाउनुभयो ।

क्लबका निर्वतमान अध्यक्ष गोपाल बहादुर घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थापक अध्यक्ष एव लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपाल की प्रथम महिला एमजेएफ बिष्णु बरालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।

Comments
Loading...