हिमाली आवाज । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले आजबाट पोखरादेखि ढोरपाटनसम्मलाई लक्षित गरी पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ ।
आन्तरिक पर्यटनको प्रवद्र्धनको उद्दे्श्यका साथ बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुुर्गादत्त दहालले जानकारी दिनुुभयो ।
कार्यक्रममा संघ आवद्ध सदस्यसँगै पोखरामा कृयाशिल विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मी सहित ४५ जनाको सहभागिता रहेको छ । प्रवद्र्धन टोलीललाई पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पदान समितिका संयोजक गोपिबहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने लगायतले पोखराबाट औपचारिक विदाई गर्नुभएको थियो
कार्यक्रम अन्तर्गत नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा आज बाग्लुङमा कास्कीको घान्द्रुक, बाग्लुुङ, म्याग्दी र पर्वतका यातायात सम्बद्ध व्यवसायी, चालक तथा सहचालकलाई अभिमुखीकरण तालिम प्रदान गरिने संघका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद अचार्यले जानकारी दिनुुभयो ।
उहाँका अनुसार ढोरपाटनमा शुक्रबार त्यहाँका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीका साथै आन्तरिक पर्यटनको विकास सम्बन्धमा छलफल एवम् अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ । प्रवद्र्धन टोली २६ गते पोखरा फर्कने आयोजकले जनाइएको छ ।

