एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

हिमाली आवाज । नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८ बजेपछि मात्र हुने भएको छ।

महासचिव शंकर पोखरेलले सूचना जारी गरेर बिहान ८ बजेदेखि मात्रै मतदान हुने जानकारी दिनुभयो । विद्युतीय भोटिङमा समस्या रहेको देखाउँदै बिहानको लागि मतदानको समय राखिएको उहाँको भनाई छ ।

एमालेको महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । पार्टीको नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र इश्वर पोखरेल प्यानल सहित मैदानमा उत्रिनुभएको छ ।

Comments
Loading...