हिमाली आवाज ।पोखरा महानगरपालिकाको आज ६७ औँ स्थापना दिवस भव्य रुपमा मनाएको छ । महानगरले पहिलो पटक पुस २ गते स्थापना दिवस मनाएको हो ।
महानगरले स्थापना दिवसको अवसरमा पोखरामा बसेर विभिन्न क्षेत्रमा योगदान गरेका नौ जनालाई नगद रु दुई लाख दुई हजार २ सय २ सहित पदक, ताम्रपत्र र दोषल्ला ओढाएर ‘पोखरा रत्न’ सम्मानबाट सम्मानित गरिएको छ ।
‘पोखरा रत्न’बाट सम्मानित हुनेहरुमा साहित्यतर्फ तीर्थ श्रेष्ठ, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशिलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा.बिरेन्द्रसिंह गुरुङ, शिक्षा सेवा र उद्योगतर्फ हरिप्रसाद पाण्डे रहनुभएको छ ।
यसैगरी समाजसेवा तथा उद्योगतर्फ चन्द्रकृष्ण कर्माचार्य, स्वास्थ्यतर्फ प्राडा बुद्धिबहादुर थापा, धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल र पत्रकारितातर्फ तिलकमान गुभाजु पोखरा नवरत्नबाट सम्मानित हुनुभयो। उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, महानगर प्रमुख धनराज आचार्य लगायतले सम्मान गर्नुभयो।
यसैगरी महानगरपालिकाले पोखरा–२८ की १०७ वर्षिया झ्याउरीमाया तिमिल्सिना र पोखरा–३२ का १०४ वर्षिय काशीनाथ पण्डितलाई महानगर माता÷पिताको सम्मान गरेको छ । यसैगरी उत्कृष्ट करदाताको रुपमा मणिपाल अस्पताललाई सम्मान गरिएको छ ।
यसैगरी महानगरपालिकाको सर्वोत्कृष्ट कर्मचारी सम्मानबाट हेम आचार्य सम्मानित हुनुभयो । महानगरको शिक्षा महाशाखा प्रमुख रहनुभएका आचार्यलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गरिएको हो । महानगरले पाँच उत्कृष्ट कर्मचारी र पाँच कर्तव्य निष्ठ कर्मचारी घोषणा गरी नगदसहित सम्मान गरेको छ ।
महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा विसं २०१६ पुस २ गते तत्कालीन पोखरा नगरपालिका स्थापना भएको दिनलाई यस वर्षदेखी स्थापना दिवसका रुपमा मनाउन लागेको हो । पोखराले यसअघि फागुन २७ गतेलाई स्थापना दिवसका रुपमा मनाएको थियो ।
विसं २०१६ पुस २ गते पाँच हजार जनसंख्या भएको तत्कालीन नगरका रूपमा पोखरा नगरपालिका स्थापना भएको हो । यसरी स्थापनाको तीन सय ६४ औं दिनमा यो नगर पञ्चायतमा परिणत भएको थियो ।
स्थापना दिवसका अवसरमा विहान पोखराको चिप्लेढुँगाबाट बृहत् सांस्कृतिक झाँकी¥याली निकालिएको थियो । सो झाँकी¥याली पोखरा सभागृहमा आएर स्थापना दिवस मुल समारोहमा परिणत भएको हो ।

