प्रतिभाले लगातार चौथो पटक जित्यो हिसान कास्की स्पोर्ट्स मिट

हिमाली आवाज । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८ औँ हिसान स्पोटर््स मिटको उपाधि पोखराको प्रतिभा माविले जितेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न प्रतियोगितामा प्रतिभा माविले समग्रमा ३४ अंक प्राप्त गरी १८औं संस्करणको उपाधि जितेको हो । उपाधिसँगै प्रतिभा माविले रनिङ शिल्ड हात पारेको छ । योसँगै प्रतिभाले हिसान स्पोर्ट्स मिटको उपाधि लगातार चौथो पटक जित्दै न्यू ग्यालेक्सीसँग उपाधि बराबरी गर्न सफल भयो ।

प्रतिभाले छात्रा भलिबल, ब्याडमिन्टन र छात्र बास्केटबलमा टिम च्याम्पियन हुँदै २१ अंक, छात्र भलिबल र टेबुल टेनिसमा टिम उपविजेता हुँदै १० अंक तथा छात्रा भलिबलमा तेस्रो स्थान हुदै ३ अंक प्राप्त गर्दा कुल ३४ अंकका साथ उपाधि विजेता बनेको हो ।

प्रतिभाले हिसान स्पोर्ट्स मिटमा हाल सम्मकै सर्वाधिक अंक हासिल गरी रेकर्ड समेत ब्रेक गरेको छ । गत संस्करणका प्रतिभाले समग्रमा ३१ अंक प्राप्त गरेको थियो ।
यसै गरी सोमबार सम्पन्न छात्र बास्केटबल फाइनलमा प्रतिभाले मनकामना माविलाई ७४–६७ ले पराजित गर्दै टिम च्याम्पियन हुदा न्यूग्यालेक्सीले कास्की मोर्डनाइज्डलाई तेस्रो स्थानको खेलमा ४६–३५ को स्कोरले पराजित गरेको छ ।

छात्र बास्केटबलमा ‘मष्ट भेलुयलबल प्लेयर’ प्रतिभाका अलन शेरपुजा बने भने ‘हाइऐष्ट स्कोरर’ मनकामनाका दर्शन पाइजा बनेका छन् । त्यस्तै छात्रातर्फ लिजा थापा (फिसटेल) मष्ट ‘भेलुयबल प्लेयर’ घोषित भइन् ।

यता छात्र भलिबल फाइनलमा पोखरा युनाइटेडले फाइनलमा प्रतिभालाई २५–२३, २५–२० ले पराजित गरी टिम च्याम्पियन हुदा तेस्रो स्थान न्यू ग्यालेक्सीले प्राप्त गर्न सफल भयो । न्यूग्यालेक्सीले माउन्ट अन्नपूर्णलाई २५–२०, १५–२० र २५–१४ ले पराजित गरेको थियो ।

छात्र भलिबलतर्फ अजय सुनार (पोखरा युनाइटेड)का उत्कृष्ट खेलाडी तथा लबसन सुनार (प्रतिभा)का उत्कृष्ट स्पाइकर बने । त्यस्तै छात्रातर्फ उत्कृष्ट खेलाडी सुदिना गुरूङ (प्रतिभा) र उत्कृष्ट स्पाइकर सुष्मा विक (गुरूकुल) घोषित भए ।

समापन कार्यक्रममा पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले शिक्षासँगै खेलकुदको अपरिहार्यतामा दिनुभयो । उहाँले यस्ता प्रतियोगिताले खेलाडीको प्रतिभा पहिचान तथा क्षमतावान् खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।

निजी शिक्षालयहरूको साझा संस्थाको रुपमा रहेको हिसान कास्की अन्तर्गत कास्कीमा आवद्ध ८० शिक्षालयहरुमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् ।

हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा आवद्ध विद्यालयहरुको आवद्धता रहेको सचिब किरण सापकोटाले जानकारी दिनुभयो ।

Comments
Loading...