घाचोक–पोखरा सम्पर्क समाजको दोस्रो साधारणसभा

हिमाली आवाज ।  घाचोक– माछापुच्छ्रे पोखरा सम्पर्क समाजको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ ।
माछापुच्छ्रे गाउँपालिका–६ अस्ताममा आयोजित साधारणसभामा संस्थाले गरेका गतिविधिहरुको समिक्षा तथा भावी कार्ययोजना प्रस्तुत गरिएको थियो । साधारणसभाको समाजका पूर्वसल्लाहकार एवं ज्येष्ठ सदस्य शिवराम लम्सालले गर्नुभयो ।

माछापुच्छ्रे गाउँपालिका–३ घाचोक तथा वडा नं १ माछापुच्छ्रे जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध रही स्थायी तथा अस्थायी बसोबास गर्नेहरुको साझा संस्थाका रुपमा एक वर्षअघि समाज गठन गरिएको थियो ।

कार्यक्रममा माछापुच्छ्रे–१ का संस्थापक वडाध्यक्ष विरेन्द्र गुरुङले समाजले स्थापनाको छोटो समयमा गरेका कार्यहरु प्रशंसनीय रहेको बताउनुभयो ।
माछापुच्छ्रे ३ का संस्थापक वडाध्यक्ष सूर्यप्रसाद लम्सालले रेशम नेपालीको उपचार सहयोग संकलन अभियानमा समाजले नेतृत्वदायी भूमिका खेल्दै ठूलो धनराशी जुटाउने मद्धत गरेको बताउनुभयो ।

समाजका अध्यक्ष तोयनाथ वैरागी लम्सालले स्थापनाको छोटो समयै समाजले धेरै संस्थाको उद्धेश्य अनुसार सृजनशील काम गरेको बताउनुभयो । उहाँले समाजका सदस्यहरुको दुःख सुःखमा सँधै साथमा रहेको बताउनुभयो ।

अध्यक्ष लम्सालले भन्नुभयो,“ समाजले बेलाबेलामा रचनात्मक र सामाजिक कार्य गर्दै आइरहेको छ । हामी आगामी दिनमा समाजलाई थप गतिशिल ढंगले अगाडि बढाउनु आवश्यक छ । घाचोक र माछापुच्छ्रेका विकासमा कसरी योगदान गर्न सकिन्छ भनेर लागिपर्ने छौँ ।” उहाँले जन्मभूमिको विकासका सन्दर्भमा बृहत् अन्तरक्रिया तथा स्वास्थ्य शिविर आयोजनाको कार्यक्रम अघि सार्नुभयो ।

समाजका सल्लाहकार संयोजक मीनप्रसाद लम्सालले समाजका गतिविधिलाई थप सिर्जनशील र सक्रिय बनाउन सुझाव दिनुभयो ।
सृजना बहुउद्धेश्शीय सहकारी संस्थाका कार्यवाहक अध्यक्ष विशेश्वर लम्सालले घाचोक तथा पोखरा जहाँरहेपनि गाउँ समाजको विकासमा सबैले सोच्न र ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष महेश्वर पोखरेलले सबैले अपनत्व र गर्व गर्ने संस्थाका रुपमा समाजलाई अघि बढाइने बताउनुभयो । सचिव जगत गुरुङले घाचोक÷माछापुच्छ्रे र पोखराकाबीचमा पुलको काम गर्दै घाचोकवासीको उन्नतिका लागि काम गर्ने योजना सुनाउनुभयो ।
सहसचिव भानुभक्त पोखरेलले समाजका सदस्यहरुको पारिवारिक विवरण सहितको प्रोफाइल प्रकाशन गर्न लागिएको बताउनुभयो ।

समाजका कोषाध्यक्ष सरिता आचार्य लम्सालले गत आवको आयव्यव प्रस्तुत गर्दै समाजलाई आर्थिक रुपमा मजवुत बनाउने गरी कार्यक्रम ल्याइने जानकारी दिनुभयो । साधारणसभाले सचिव जगत गुरुङको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष सरिता लम्सालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन छलफल सहित पारित गरेको छ ।

साधारणसभामा गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, माछापुच्छ्रे–३ का वडाध्यक्ष हरिश्चन्द्र लम्साल, वडा नं ५ का वडाध्यक्ष नारायण पौडेल, वडा नं ६ का वडाध्यक्ष टेकनाथ गौतम लगायतको उपस्थिति रहेको थियो ।

Comments
Loading...