पोखरा महानगर राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप उपाधि कालिकालाई

हिमाली आवाज । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको उपाधि कालिका माध्यमिक विद्यालयले जितेको छ ।

यही पुस ९ गतेदेखी सुरु भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा पोखरा–१४ रामबजारमा अवस्थित कालिकाले आठ स्वर्ण, छ रजत र तीन कास्य सहित कुल १७ पदक जित्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।यसैगरी शहीद स्मृति माविले छ स्वर्ण, पाँच रजत र चार कास्य कुल १५ पदक जित्दै उपविजेता बन्यो ।तृतीय बनेको सैनिक आवासीय माविले पाँच स्वर्ण, एक रजत र आठ कास्य गरेर कुल १४ पदक हात पारेको छ ।

प्रतियोगितामा कुल चार सय चार पदकका लागि पोखरा महानगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका तीन हजार भन्दा बढि विद्यार्थीले प्रतिष्पर्धा गरेको समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिनुभयो । प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरी छ वटा विधा समावेश गरिएको थियो ।

कबड्डीतर्फ छात्रामा रामेश्वरी माविलाई स्वर्ण, शहीद स्मृति आवासीय माविलाई रजत र प्रतिभा मावि तथा कालिका माविलाई काश्य पदक जिते ।
छात्रतर्फ कालिका माविलाई स्वर्ण, प्रतिभा माविलाई रजत र गौरी शंकर मावि तथा भवानी कालिका माविलाई कास्य पदक प्राप्त गरे ।
कवड्डीमा प्रथम हुने टिमले रु ३० हजार, द्वितीय हुनेले रु २० हजार र तृतीय हुने दुवै टिमले रु १२ हजारका दरले नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारे ।

भलिबल छात्रा तर्फ शान्ता माविलाई स्वर्ण, कालिका माविलाई रजत र टप्स बोडिङ स्कुललाई कास्य पदक प्राप्त भयो ।
छात्र तर्फ पोखरा युनाइटेड एकेडेमीलाई स्वर्ण, प्रतिभा माविलाई रजत र गुरुकुल विद्यासदनलाई कास्य पदक हात प¥यो । भलिबलमा प्रथमले रु ३० हजार, द्वितीयले रु २० हजार र तृतीयले रु १२ हजार सहित पदक र प्रमाणपत्र प्राप्त गरे ।

एथलेक्टिस छात्रतर्फ कालिका मावि प्रथम भयो, कास्की मोडर्नाइज्ड एकेडेमी द्वितीय र हार्वड एकेडेमी तृतीय भए । छात्रा तर्फ छोरेपाटन मावि प्रथम, सगरमाथा मावि द्वितीय र फिस्टेल एकेडेमी तृतीय भए । एथलेटिक्स तर्फ ८४ विद्यालयका छ सय ६५ छात्र छात्रा सहभागी भएका थिए ।
कराते तर्फ ४१ विद्यालयका छात्र तर्फ ६० र छात्रा तर्फ ७१ खेलाडीले प्रतिष्पर्धा गरेका थिए । यो विधा मार्फत १२ स्वर्ण, १२ रजत र २४ काश्य गरेर कुल ४८ पदक वितरण गरिएको थियो ।

मार्चपास तर्फ रत्न ज्योति मावि प्रथम भयो । कान्तिपुर एकेडेमी द्वितीय, हार्वड स्कुल तृतीय र युनिभर्स बोडिङ स्कुल सान्त्वना भए । मार्च पासमा ४० विद्यालयले सहभागिता जनाएका थिए । मार्चपासमा प्रथम टिमले रु २० हजार, द्वितीयले रु १५ हजार तृतीयले रु १० हजार र सान्त्वना टिमले रु पाँच हजार प्राप्त गरे ।

विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रकाशकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा महानगर पालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदार, शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Comments
Loading...