हिमाली आवाज । स्याङ्जाको आँधीखोला गाउँपालिका र नमुना क्लब पाख्रिबोटको साझेदारीमा आँधीखोला गाउँपालिका दुई विद्यालयका विद्यार्थीलाई पोसाक र न्यानो कपडा विरतण गरिएको छ ।
विचारीचौतारामा रहेको राष्ट्रिय माबि र अन्धाअन्धीमा रहेको प्रकाश माविका गरी एक सय १४ जना विद्यार्थीलाई कपडा वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष विश्व पौडेलले ्सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना दर कम हुँदै गएको अवस्थामा विद्यार्थी टिकाउन विभिन्न कार्यक्रम जरुरी हुने बताउनुभयो ।उहाँले आगामी दिनमा पनि विद्यार्थीको शैक्षिक गुणस्तर उकास्न गाउँपालिकाले यस प्रकारका कार्यक्रममा सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नमुना क्लबका अध्यक्ष दीपेन्द्र पौडेलले समाजमा हुने कतिपय ससाना समस्या समाधानले पनि समाज विकासमा ठूलो प्रभाव पार्ने उल्लेख गर्नुभयो । स्थापनाको छोटो समयमा उक्त विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका बिध्यार्थीलाई यसअघि मङ्सिर २९ गते न्यानो कपडा वितरण गरिएको बताउँदै उहाँले कक्षा ६ देखी १२ सम्मका विद्यार्थीलाई फेरि वितरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
कार्यक्रममा अन्धाअन्धी प्रकाश माविका सहायक प्राध्यापक प्रेमप्रसाद पौडेलले क्लब स्थापनाको छोटो समयमै विद्यार्थीलाई गरेको सहयोग निकै प्रभावकारी रहेको बताउनुभयो । विद्यालयमा अति विपन्न परिवारका बालबालिका पनि अध्ययनरत रहेकोले यस्ता खालका क्रियाकलापने निकै सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानध्यापक जगदीश पौडेलले विद्यार्थीका समस्या पालिका तथा क्लबलाई बत्ताउँदा छोटो समयमै यो सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गर्नुभयो ।
सोही अवसरमा क्लबका उपाध्यक्ष प्रकाश पौडेलले आफ्नो जन्मदिनको अवसरमा खेलकुद सामाग्री तथा बिध्यार्थीलाई खाजा प्रदान गर्नुभयो । कार्यक्रममा बिरौटामा रहेका गण्डकी बुक्स एण्ड स्टेसनरीका सञ्चालक एवम् संस्थाका आजीवन सदस्य दिनेश पौडेलले विद्यालयलाई भलिबल र फुटवल प्रदान गर्नुभयो ।
कार्यक्रममा आँधीखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष शेरबहादुर कार्कीले पनि भनाई राख्नुभयो ।


