गण्डकीका पूर्वमन्त्री कुमार खड्का रास्वपा प्रवेश

हिमाली आवाज । गण्डकी प्रदेशका पूर्वमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका नेता कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्नुभएको छ । पोखरामा आज आयोजित कार्यक्रममा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले उहाँलाई पार्टीमा भित्राउनुभयो । यसैगरी एमाले नेता पुष्प अधिकारी र मिलन थापा पनि कांग्रेस छोडेर रास्वपा प्रवेश गर्नुभयो ।

खड्का अखण्ड नेपाल पार्टी हुँदै कांग्रेसमा प्रवेश गर्नुभएको थियो । कांग्रेसले पछिल्लो पटक पार्टी उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा उहाँलाई निष्कासन गरेको थियो । अखण्डमा हुँदा महिला बालबालिका मन्त्री बन्नुभएका खड्का कांग्रेस प्रवेश गरेपछि प्रदेशको भौतिक पूर्वाधार मन्त्री बन्नुभयो ।

Comments
Loading...