हिमाली आवाज । पर्यटकीय नगरी पोखरामा स्थायी ल्यान्डफिल्ड साईडको अभावमा फोहोर व्यवस्थापन चुनौती बन्दै गएको वेलामा यहाँको एक आमा समुहले भने फोहोरलाई मोहरमा परिणत गर्ने अभियान थालेको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित शुभकामना आमा समुहले प्रत्येक घरमा एक एक थान कम्पोष्ट बिन वितरण गर्दै कुहिने फोहोरको घरमै व्यवस्थापन अभियान शुरु गरेको हो ।
समुहले कुहिने फोहोरलाई कम्पोष्ट बनिको सहायताले मलमा परिणत गर्ने उदेश्य सहित समुहमा सदस्यलाई दुई लाख ७२ हजार रुपैया मुल्य बराबरका १४७ थान कम्पोष्ट बिन निशुल्क वितरण गरेको छ ।
घरमै फोहोर व्यवस्थापन गरेर उत्पादन हुने कम्पोष्ट मल कौशिखेती र बारीको तरकारी खेतीमा प्रयोग गर्न सकिनी र यसले रासायनिक मलको विकल्प हुने विश्वास लिइएको आमा समुहका अध्यक्ष पार्वती खड्काले जानकारी दिनुभयो ।
माटोको उर्वराशक्ति जोगाउन, मानव स्वास्थ्यमा पर्ने नकरात्मक असर कम गर्न र वातावरयणमैत्री अभ्यासलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ अभियान शुरु गरिएको बताउँदै उहाँले भन्नुभयो, “घरबाट निश्कने फोहोरलाई समस्या होइन, सम्भावनाका रुपमा लिनुपर्दछ भन्ने सन्देश दिन यो अभियान थालेका हौ ।”
समुहका सचिव सिर्जना खनालका अनुसार एउटा कम्पोष्ट विन बराबर एक हजार ८५० रुपैया मुल्य परेको छ । मल उत्पादन गर्नका लागि समुहका सदस्यहरुलाई तालिमको समेत व्यवस्था गरिएको छ ।
स्थानीय स्तरमा महिलाको सक्रियतामा सुरु भएको यो अभियानले फोहोर व्यवस्थापनमा देखिएको समस्यालाई समाधानतर्पm डो¥याउने अपेक्षा गरिएको छ । यस्ता समुहलाई स्थानीय सरकारले केही हदसम्म भएपनि आर्थिक सहयोग गर्ने हो भने फोहोर व्यवस्थापनमा उल्यखनिए सहयोग पुग्ने वातावरण विदहरुको सामुहिक धारणा रहेको छ ।


