हिमाली आवाज । आलु गाउँका रूपमा ख्याति कमाएको कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको छ ।
महोत्सव पोखरा २५ हेमजाको विष्णु पादुका खेलमैदान हेमजामा हुने छ । शनिवार आयोजित आम भेलाले वसन्त कुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।समिति सहसंयोजकमा मिना कुँवर महासचिवमा विकल थापा, सचिवमा विपिन पौडेल तथा कोषाध्यक्षमा डम्बरबहादुर कुँवर रहनु भएको छ ।
भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ । अर्थ सङ्कलन उपसमिति संयोजकमा राजेन्द्र तिम्सिना, स्टल रेस्टुरेन्ट उपसमिति संयोजकमा कुमार श्रेष्ठ, आमा समूह परिचालन उपसमिति संयोजकमा अप्सरा तिम्सिना, अतिथि सत्कार उपसमिति संयोजकमा पार्वती थापा, सांस्कृतिक उपसमिति संयोजकमा सुशील श्रेष्ठ, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी इन्द्र थापालाई दिइएको छ ।
भेलाले प्रचारप्रसार उपसमितिमा निराजन अधिकारी ,पानी बिजुली उपसमिति संयोजकमा केशव गिरी, यातायात तथा पार्किङ उपसमिति संयोजकमा भुवन क्षेत्री, बैङ्क तथा वित्तीय सङ्घसंस्था समन्वय उपसमिति संयोजकमा कृष्ण पौडेल, स्वयंसेवक परिचालनमा सागर कुँवर, झाँकी ¥याली व्यवस्थापनमा उमा भुर्तेल पौडेल, कृषि परिचालन उपसमिति अर्जुन कार्की, कृषि प्रविधि कृष्ण तिम्सिना र सरसफाइ परिचालन तर्फ सुर्य थापाले जिम्मेवारी पाउनु भएको छ ।
२०६६ सालदेखि वार्षिक रूपमा उक्त महोत्सव आयोजना गरिँदै आएको छ । महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालीन हेमजा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णु पादुका क्लबले आयोजना गर्दै आएको छ ।

