अपरेटर संघ गोरखाको प्रथम भेला सम्पन्न, कुमारकाे अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन

हिमाली आवाज । नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ गोरखाको प्रथम भेला आज सम्पन्न भएको छ । गाेरखामा भएकाे भेलाले कुमार श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा रविन रानामगर, सचिवमा एकबहादुर गुरुङ, सहसचिवमा नारायण सुनुवार र कोषाध्यक्षमा राजीव भट्ट चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा रोहित थापामगर, प्रकाश थापा, सन्दीप विक र अनिलकुमार श्रेष्ठ रहनुभएको छ ।

भेलाका प्रमुख अतिथि गण्डकी प्रदेश निर्माण व्यवसायी संघका उपाध्यक्ष बाबुराम श्रेष्ठले व्यवसायी र अपरेटरबीच समन्वय र सहकार्य आवश्यक छ भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र अपरेटर संघका केन्द्रीय उपाध्यक्ष, कास्की अपरेटर संघका अध्यक्ष किशोरप्रसाद गौतम, एमएडब्लू अर्थ मुभर्स गण्डकी प्रदेशका सेल्स म्यानेजर तथा गण्डकी प्रदेश सेल्स हेड र अटोवेजका ओमबहादुर क्षेत्री लगायतले निर्माण क्षेत्रमा अपरेटरहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अपरेटरहरूको व्यावसायिक हकहित, सुरक्षा, क्षमता विकास तथा पेशागत मर्यादा कायम गर्न संघले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।

साथै उहाँहरुले नवगठित तदर्थ समितिलाई सफल कार्यकालको शुभकामना दिँदै संघलाई संगठित र प्रभावकारी ढङ्गले अघि बढाउन सुझाव दिनुभएको थियो ।

भेलाले गोरखाका अपरेटरहरूलाई संगठित गर्दै उनीहरूको साझा समस्या समाधान तथा पेशागत हितका लागि आगामी दिनमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

Comments
Loading...