एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित,दामोदर बैरागी पराजित

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले)कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । गत पुस २५ गतदेखी सुरु १० जिल्ला अधिवेशनबाट हालका उपाध्यक्ष रहनुभएका गुरुङले दामोदर बैरागीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित गुरुङले ४५६ मत प्राप्त गर्नुभयो । अध्यक्षका प्रतिस्पर्धि  बैरागीले ४०७ मत ल्याउनुभयो ।

एमालेको अहिलेको अधिवेशनमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको छुट्टाछुट्टै प्यानल सहित मैदानमा उत्रिएका थिए । अध्यक्षमा निर्वाचित गुरुङ उपमहासचिव पृथ्वीसुब्बा प्यानलका हुनुहुन्छ ।

यसैगरी उपाध्यक्षमा गुरुङ प्यानलकै तेजनानारायण अधिकारी ४२१ मत सहित निर्वाचित हुनुभयो । उहाँले प्रदेश सांसद समेत रहनुभएका प्रभा कोइरालालाई पराजित गर्नुभयो ।

यसैगरी सचिवमा बैरागी प्यानलका बैनबहादुर अधिकारी क्षेत्री ४७५ मत सहित विजयी हुनुभयो । सहसचिवमा बैरागी प्यानलकै दर्शन लामा ५४० मत र नवराज ओझा ४४३ मत सहित बिजयी हुनु भएको निर्वाचन समितिले जनाएको छ । गुरुङ प्यानललाई कास्की क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य जगत विश्वकर्माले पनि सघाउनुभएको थियो ।

Comments
Loading...