हिमाली आवाज । नेपाली काग्रेसका केन्द्रीय सदस्य गुरु बरालले एमसीसी र विआर आई जस्ता बैदेशिक सहयोग राष्ट्रको हितमा रहेको बताउनुभएको छ ।
एमसीसी सहयोग नेपालले लिन असहयोग गरेमा नेपालमा उत्पादन गरेको विद्युत अबको पाँच बर्षमा खोलामा फाल्नु पर्ने अवस्था आउन्न सक्ने उहाँले जिकिर गर्नुभयो । नेपाल जस्तो विकास उन्मुख राष्ट्रले एमसिसि सहयोग लिनु पर्नेमा उहाँको जोड छ ।
नेपाली काग्रेस पोखरा महानगर पालिका ६ ले बुधबार अयोजना गरेको चार नम्बर टोल कार्यसमिति गठन सहिति ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको उद्घाटनमा उहाँले अरुण तेस्रो आयोजना फिर्ता पठाउदा नेपालीले १० बर्ष लोडसेडिङ मार खेपेर अध्यारोमा बस्नु परेको कुराको स्मंरण गर्दै, राष्ट्र हित आउने बैदेशिक सहयोगलाई अनागल प्र्रचार नगर्ने कम्मुनिष्टलाई आग्रह गर्नुभयो ।
नेपाली काग्रेस कास्की सहसचिब शकर ढुङ्गानाले आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी टोल कार्यसमितिलाई आवश्यक रणनीति बनाउएर काँग्रेसका उमेद्वारलाई विजय बनाउन निर्देशन दिनुभयो ।

पोखरा महानगर पालिका वडा न ६ का वडाध्यक्ष जगतबहादुर पहारीले स्थानीय तहमा नेपाली काँग्रेसको विजय सुनिश्चित गर्न नयाँ रणनीति बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो।
महाधिबेशन प्रतिनिधि हिरा भट्टराईले नेपाली काग्रेसले कार्यकर्तालाई उद्यमी बनाइ उद्यमशिलता सगै सगै अगाडी बढ्नु पर्ने कुरामा जोड दिनुभयो ।
बैदामका इकाइ सभापति सन्तोष पौडेलले अग्रजहरुले देखाएको बाटोमा हिडन सकेमात्र काग्रेसको भविष्य उज्वल रहेको भनाई राख्नुभयो ।
टोल समितिको दोश्रो अधिवेशनबाट गुरुदत्त कोइराला(राम्जी) लाई सर्वसम्मत सभापतिमा चयन गरिएको छ । टोलको उपसभापतिमा झलक सुबेदी सचिवमा लेखनाथ भुसाल , कोषाध्यक्षमा दिपक भट्टराई र सहसचिवमा विष्णु गिरी चयन भएका छन् । बाकि थप सदस्य समितिलेनै मनोनित गर्नेगरि समिति गठन भएको हो ।
नवनिर्वाचित सभापति कोइरालाले टोल भित्रका सबै कांग्रेसीहरुलाई गोलवन्द गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।बैदाम क्षेत्रमा रहेका जरेबर, बसन्त बैठक, डिहिको पाटन,पधेरो, तिलबारी र नहर मार्गलाई गोलबद्ध गरि टोललाई ४ नम्बर नामाकरण गरिएको उपसभापति अनिल पहारीले जानकारी दिनुभयो ।
टोल सभापति जीवनाथ गौतमको सभा अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ सदस्य होमनाथ पहारी, सल्लाहकार तथा पूर्व वडा अध्यक्ष होमबहादुर लामिछाने, टोल सभापति रबिन्द्र कुवँर, टोल सभापति विकास लामिछाने, सल्लाहकार तेजनारायण पराजुलि लगाएतका बक्ताहरुले कांग्रेसको विभिन्न तहका समितिहरुले विधान अनुसार विभिन्न विभाग र समितिहरु समयमै गठन गर्न र नियमित बैठक गरेर समयानुकूल निर्णय गर्नुपर्ने बताउनुभयो ।
