क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी)ले आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन वहिस्कार गर्ने निर्णय गरेको छ ।

फागुन २५ देखि २९ गतेसम्म बसेको पार्टी केन्द्रीय समितिको बैठकले चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो । बैठकमा महासचिव वैद्यले “वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार” शीर्षकमा राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावमा स्थानीय निर्वाचन बहिष्कार गर्ने नीति अवलम्बन गरिएकोमा बैठकले पारित गरेको हो ।

प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने भएको, चरम रुपमा साधन स्रोतको दुरुपयोग तथा शक्ति प्रदर्शन गर्ने देखिएको, स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै संभावना नरहेकाले निर्वाचन बहिष्कार गर्नुपर्ने महासचिव बैद्यको प्रश्ताव थियो ।

Comments
Loading...