नमुना आमा समूह बैदामको भित्ते पात्रो विमोचन तथा शुभकामना आदान प्रदान

गणेश पहारी
पोखरा, २९, चैत । नमुना आमा समूह पोखरा वडा नं ६ बैदामले नवर्ष २०७९ का अवसरमा शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन गरेको छ ।पोखरा–६ का वडाध्यक्ष जगतबहादुर पहारीले एक कार्यक्रमकाबीच आज भित्ते पात्रो विमोचन गर्नुभयो ।

सो अवसरमा उहाँले टोल, समाजलाई सरसफाइ सहित सफा स्वच्छ राख्ने लगायतक सामाजिक कार्यमा आमा समूह अग्रणी रहेको बताउनुभयो । पर्यटकी क्षेत्र बैदाममा पर्यटनमैत्री व्यवहार तथा पर्यटन प्रवद्र्धनमा समेत आमा समूहको महत्वपूर्ण योगदान रहेको पहारीले चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो,“वडामा हुने हरेक कार्यक्रममा नमूना आमा समूहको प्रतिनिधित्व हुँदै आएको छ । आमाहरुको उपस्थिति बिना कुनै पनि कार्यक्रम सफल हँदैन भन्नेमा हामी विश्वस्त छौँ ।”

सामुदायिक सेवा केन्द्र बैदामका कोषाध्यक्ष उमा भण्डारीले सेवा केन्द्रका हरेक कार्यक्रममा आमा समूहले सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

हिमाली आवाजका कार्यकारी सम्पादक गणेश पहारीले सामाजिक कार्यलाई सञ्चार क्षेत्रले सँधै प्रोत्साहन गर्दै आएको बताउनुभयो ।
आमा समूहका संस्थापक अध्यक्ष मिठुदेवी अधिकारीले समाजमा हुने विकृति विसंगति तथा राम्रो समाज निर्माणका लागि काम गर्दै आएको बताउनुभयो ।

संस्थाका अध्यक्ष जुना अधिकारीले सदस्यहरुको क्षमता विकासका लागि तालिम, सीप तथा व्यावसायिक तालिम लगायत कार्यक्रम सञ्चालनको योजना रहेको जानकारी दिनुभयो ।

नमूना आमा समूहका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष अम्विका अधिकारी, सल्लाहकार तारादेवी पहारी,उपाध्यक्ष सकुन्तला अधिकारी, सदस्य माया सुवेदी र लक्ष्मी कोइराला लगायतले नयाँ वर्षको शुभकामना दिँदै आगामी दिनमा पनि संस्थाले रचनात्मक कार्य गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

Comments
Loading...