हिमाली आवाज । पर्यटकीय क्षेत्र पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा ८४ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिवमहापुराण एवं धार्मिक पर्यटन महोत्सवअन्र्तगत बुधबारसम्म ८४लाख रुपैया संकलन भएको महायज्ञका आर्थिक उपसमिति सदस्य भवन राज बरालले बताउनुभयो ।
महायज्ञको चौथो दिन करिब ७ लाख रुपैया मात्र संकलन भएको समितिले जनाएको छ । बुधबार महायज्ञमा पोखरा २२ की रमा बरालबाट २ लाख ५१ हजार प्राप्त भएको छ । त्यसै गरी पोखरा २२ कै तोया देवि बरालबाट ५० हजार ५५, स्थानियलक्ष्मी प्रसाद बरालबाट ५० हजार १ रुपैया प्राप्तभएको आर्थिक उपसमिति सदस्य बरालले जानकारी दिनुभयो ।
महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहनुभएको छ । पोखराको पार्दी विरौटा(बराल फिड) देखि पुम्दीकोटसम्म जाने बसको व्यबस्था गरिएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताउनुभयो । बिहानः ९ः३० बजे, १०ः०० बजे, १०ः५० बजे, ११ः२० बजे, १२ः०० बजे र १२ः४० बजे पोखराको पार्दी देखि बस छुट्ने यातायात व्यबस्थापन उपसमिति संयोजक भानुभक्त बरालको भनाई छ । त्यसै गरी पुम्दीकोट देखि पोखरा पार्दीसम्म दिउँसो २ः०० बजे, ३ः०० बजे, ४ः०० बजे र अन्तिम बस ५ः०० बजे छुट्ने भएको छ ।
दाताहरुलाई महायज्ञ स्थलमा पन्चे बाजागाँजा सहित भजन चुड्काको साथमा अभिनन्दन सहित सम्मान गर्ने गरिएको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताउनुभयो । महायज्ञमा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन हुने गरेकोे छ ।
बिशाल महादेवको मुर्ति परिमार्जीत परियोजना अन्र्तगत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापना गर्ने, भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म बिद्युतीयचियर कार निर्माण गर्ने, गृनरी पार्क निर्माण गर्ने, व्यबस्थित पार्किङ स्थल निर्माण गर्ने लगायतका परियोजना रहेको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो । ४० करोडको उक्त परियोजना अन्र्तगत करिब ५० प्रतिशत काम सकिदा करिब २० करोड लगानी भएको बताइन्छ ।
उक्त महायज्ञमा पोखरा र पोखरा आसपासका आमा समुह तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु उत्साहजनक रुपमा सहभागि हुने गरेको समितिले जनाएको छ ।

