पोखरा महानगरपालिकामा एमालेबाट मेयरमा थापा र उपमेयरमा गुरुङको मनोनयन दर्ता

हिमाली आवाज । स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनको आज अन्तिम दिन पोखरा महानगरपालिकामा नेकपा(एमाले)का तर्फबाट महानगर प्रमुखमा कृष्ण थापा र उपप्रमुखमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एमालेका उम्मेदवारद्धय नेता कार्यकर्ताको उपस्थितिमा शहीदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको थियो ।

उम्मेदवार थापाले निर्वाचित भएसँगै पोखरेलीको चाहना अनुरुप समृद्धि र विकासका लागि निरन्तर लाग्ने प्रतिवद्धता जनाउनुभयो । एमालेले यसअघि दीपक पौडेलले मेयरको उम्मेदवार बनाउने निर्णय गरेपनि आज विहान परिर्वतन गर्दै थापालाई टिकट दिएको हो ।

प्रमुख दल सहित अन्य राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यलयमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

Comments
Loading...