हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)ले पालिका उपाध्यक्ष र वडाध्यक्षमा उम्मेदवारी दिएको छ ।
माओवादीले पालिकाको उपाध्यक्षमा विद्यार्थी नेतृ प्रविणा अधिकारीलाई उम्मेदवार बनाएको हो ।
नेपाली काँग्रेससँग चुनावी तालमेलको सम्भावना सहित माओवादीले उपाध्यक्षमा मात्र मनोनयन गरेको बताइन्छ । यसअघि जिल्लामा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेलको सहमति सहित माओवादीले चार वटै गाउँपालिकाको उपाध्यक्ष पाउने सहमति बन्न लागेको थियो । उम्मेदवारी फिर्ताको समयसम्म तालमेल टुँगो लगाउने योजनामा दुई दल छन् ।
माओवादी केन्द्रले माछापुच्छ्रे वडा नं १ को वडाध्यक्षमा जितबहादुर पुनलाई उम्मेदवार बनाएको छ । यसैगरी सदस्यहरुमा तीर्थबहादुर पुन मगर, सरमाया पाइजा पुन र पुर्खबहादुर पुन रहनुभएको छ ।
वडा नं २ को वडाध्यक्षमा श्रीप्रसाद घलेले माओवादीबाट मनोनयन गराउनुभएको छ । उहाँ अखिल नेपाल पर्यटन मजदुर संघका केन्द्रीय बरिस्ठ सल्लाहकार समेत हुनुहुन्छ । सदस्यहरुमा पुष्पराज गौतम, विक्रम नेपाली, पूर्णिमा तामाङ र शर्मिला विक उम्मेदवार हुनुहुन्छ ।

वडा नं ३ मा शिवप्रसाद पोखरेल वडाध्यक्ष तथा सदस्यहरुमा चित्रनाथ लम्साल, हिमप्रसाद अधिकारी, सीता पोखरेल र मनकुमारी नेपाली रहनुभएको छ ।
वडा नं ४ मा चिरञ्जीवी पोखरेल वडाध्यक्ष तथा राजु सुनार,हमप्रसाद गर्बुजा, संगीता अधिकारी र समिता सुनार सदस्य पदको उम्मेदवार हुनुहुन्छ ।
माओवादीले वडा नं ५ मा नेपाली काँग्रेससँग तालमेल गर्ने भएको छ । उसले दुई जना वडा सदस्य पाएको जनाएको छ ।
वडा नं ६ को वडाध्यक्षमा पूर्णभद्र गौतम माओवादी केन्द्रबाट उम्मेदवार हुनुहुन्छ । वडा सदस्यहरुमा रामबहादुर नेपाली, नविन अधिकारी, सीता अधिकारी र बसन्ती नेपालीले मनोनयन दर्ता गराउनुभएको छ ।
यसैगरी वडा नं ७ को वडाध्यक्षमा पार्टीका गाउँपालिकाका अध्यक्ष बैकुण्ठ भण्डारी उम्मेदवार हुनुहुन्छ । सो वडामा सदस्यहरुमा रामचन्द्र भण्डारी, प्रमेबहादुर विक, कल्पना भण्डारी र लक्ष्मी विकले उम्मेदवारी दिनुभएको छ ।
माओवादी केन्द्रले वडा नं ८ को वडाध्यक्षमा पार्टीको पालिका कमिटी सचिव शिवप्रसाद भण्डारीलाई उम्मेदवार बनाएको छ । सदस्यहरुमा तुलसी अधिकराी, गणेश आचार्य, एशोदा दाहाल र फूलमाया विकले मनोनयन गराउनुभएको छ । वडा नं ९ मा शान्ति सुवेदीलाई काँग्रेससँगको गठबन्धनमा वडा सदस्यमा माओवादीले उठाएको छ ।
