काँग्रेसले पोखरामा केन्द्रीय गठबन्धनको मर्म विपरित उम्मेदवारी दियो: माओवादी अध्यक्ष गिरी

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पोखरा महानगर समितिले पोखरामा नेपाली काँग्रेसको एकल उम्मेदवारीले गठवन्धनप्रतिको प्रतिवद्धतामा गम्भिर आशंका उत्पन्न भएको जनाएको छ ।

महानगर समितिका अध्यक्ष हरि नारायण गिरी(विज्ञान)ले आज एक प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय गठबन्धनको मुल मर्म विपरित नेपाली कांग्रेसले पोखरा महानगरका सवै वडाहरुमा एक्लै चुनावी प्रतिस्पर्धामा जाने गरी गरिएको उमेदवारी मनोनयनले गठवन्धनप्रतिको प्रतिवद्धतामा गंभिर आशंका पैदा गरेको उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा गिरीले उम्मेदवारको मनोनयन फिर्ता लिने समयलाई मध्यनजर गर्दै छिटो भन्दा छिटो निर्णयमा पुग्नका लागि गठवन्धनमा रहेका सम्पुर्ण राजनीतिक दलहरुलाई आग्रह समेत गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ,“यही बैशाख ३० गते हुनगइरहेको स्थानिय तह निर्वाचनका लागि सत्ता साँझेदार राजनीतिक दलहरुमा आन्तरिक गठबन्धन गरि अगाडी वढ्ने केन्द्रिीय निर्देशन बमोजिम देशकै ठूलो पोखरा महानगरमा सत्ता साझेदार दलहरु बिच निरन्तर बार्ता र छलफल भईरहेपनि गठवन्धनमा रहेका दलहरुको आ–आफ्नो अडानका कारण कुनै निष्कर्षमा पुग्न सकेन ।छलफलकै वीचमा नेपाली कांग्रेसले गठवन्धनको मर्म र औंचित्य विपरित पोखरा महानगरका ३३ वटै वडामा एकल प्यानलको उमेदवारी दर्ता गरी अगाडी वढे पछि हाम्रो पार्टी लगायत गठवन्धनमा रहेका अन्य राजनीतिक पार्टीहरुले पनि वाध्य भएर महानगरका सवै वडामा उमेदवारी दर्ता गर्नु परेको तीतो यथार्थ सवैमा अवगतनै छ ।”

माओवादी केन्द्र गठवन्धनको मूल स्प्रीड प्रति सधै प्रतिवद्ध रहेको र पार्टीका सम्पूर्ण नेता कार्यकर्ता र शुभचिन्तकहरुलाई पार्टीको चुनाव चिन्ह गोलाकार भित्रको हसिया हतौडामा मत माग्न र प्रचारप्रसारमा माओवादीले अनुरोध समेत गरेको छ ।

 

Comments
Loading...