हिमाली आवाज । पोखरामा मंगलबार बिहानैदेखि गठबन्धनका उम्मेवारहरुले घरदैलो अभियान सुरु गरेका छन् । गठबन्धनबाट मेयरका उम्मेदवार धनराजआचार्य र उपमेयरकीकोपिला रानाभाटले मंगलबारको अभियानपोखरा महानगरपालिका १५ बाट सुरु गरेका हुन् ।
‘गठबन्धनको जित सुनिश्चित गर’भन्दै नारा घन्काएर सुरु भएको ¥यालिमापोखरा १५ का युवा देखि वृद्धसम्मको सहभागिता रहेको छ ।मेयर र उपमेयरमा गठबन्धन भएसँगै पोखरा १५ मापनि ५ दलीय गठबन्धन रहेको छ । मेयर उपमेयरसँगै पोखरा १५ वडा अध्यक्षमा कांग्रेसका मीनबहादुर गिरी , वडासदस्यमा नरेश थापा(जसपा), महेशबानिया (माओवादी) ,माया शर्मा (नेकपा, एस) र लक्ष्मी परियार (माओवादी) रहनुभएको छ ।
पोखरा १५ युवाहरुको गठबन्धनलाई राम्रो साथ रहेको छ । यो पटकको निर्वाचनमापोखरा १५ का गुरुङ समुदायहरुले गठबन्धन लाइ सहयोग गर्ने स्थानिय रामबहादुर गुरुङले बताउनुभयो । यसैगरी पुराना नेताकार्यकर्ताहरु पनि अहिलेको गठबन्धन केपी वली सरकारको अराजकता विरुद्ध भएकाले जसरी पनि धनरान आचार्य र कोपिला रानाभाट सहित वडाको टिमलाई जिताउने पक्षमा लागेका छन् ।

