काहुँमा पर्यटकीय पूर्वाधारका लागि योजना :चिन्तामणि खरेल

हिमाली आवाज । पोखरा महानगरपालिका–११ स्थित काहुँडाडामा आवश्यक पर्यटकीय पूर्वाधार बनाउन स्थानीयले माग गरेका छन् ।
पर्यटनका लागि प्रसिद्ध रहेपनि आवश्यक पूर्वाधार अभाव रहेकामा माओवादी केन्द्रबाट आसन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका प्रत्याशी चिन्तामणि खरेलले पर्यटन विकासका लागि आफ्नो तर्फबाट योगदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

निर्वाचन प्रचार प्रसारका क्रममा बिहीबार काहुँडाडाँमा भएको घरदैलो र कोणसभामा उम्मेदवार चिन्तामणिले आफू निर्वाचित भएपछि काहुँलाई पर्यटकीय गन्तव्यका रुपमा थप विकास गर्न र पूर्वाधार निर्माणका लागि योजना बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले काहुँमा खानेपानी समस्यामा समाधान र सडक पूर्वाधार निर्माणमा जोड दिने योजना रहेको सुनाउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका पोखरा महानगर उपाध्यक्ष हर्कमान विश्वकर्मा, नेताहरु कुमार क्षेत्री, रुद्र विश्वकर्मा, माओवादी वडा कमिटी अध्यक्ष मनोज रसाइली लगायतले विकासका लागि माओवादी उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।
माओवादीले सो वडाको वडाध्यक्षमा चिन्तामणि खरेल र वडासदस्यहरुमा विष्णु आचार्य, सरिता विक, सुनिल लामिछाने र उषा विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

Comments
Loading...