हिमाली आवाज । समाचार रिपोर्टिङ तथा प्रकाशन प्रसारणका क्रममा मानवअधिकारका विषयवस्तुलाई ख्याल गर्न नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् कानुन विभाग प्रमुख अधिवक्ता सरिता तिम्सिना पगेनीले संचारकर्मीहरुलाई सजग गराउनुभएको छ ।
विहिवार खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको मानवअधिकार प्रवर्द्धनमा खेलकुद पत्रकारिताको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सहजिकरण गर्दै उहाँले मानवअधिकार प्रवर्द्धनमा पत्रकारको अहम भुमिका हुने उल्लेख गर्नुभयो ।
नेपालको संविधानमा मानवअधिकार र प्रेस स्वतन्त्रता विषय समेटिएको भएता पनि व्यवाहारिक कार्यन्वयनमा भने अझै पनि थुप्रै जटिलताहरु रहेको उहाँले बताउनुभयो ।
कतिपय अवस्थामा पत्रकारले सुचनाको हकको प्रयोग गर्दा व्यक्तिको गोपनियताको हकको समेत ख्याल गर्नु पर्छ भन्दै उहाँले पीडितको गोपनियता हनन नहुने गरी समाचार सम्प्रेषण गर्नु पर्नेमा तिमिल्सिनाले जोड दिनुभयो ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ वरालले मानवअधिकार संरक्षण र प्रवर्द्धनमा खेलकुद पत्रकारलाई थप जिम्मेवार वनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ वरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ वञ्जरा,खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ ,महासचिव राजाराम पौडेल लगायतले भनाई राख्नुभयो ।
कानुन ,संचार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकीको आर्थिक सहयोगमा संचालित कार्यक्रममा विभित्र संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो।
