पोखराबाट काठमाडौँ उडेको जहाज इन्जिन फेल भएपछि इमर्जेन्सी अवतरण

हिमाली आवाज । पोखराबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको जहाज इन्जिनमा समस्या देखिएपछि पोखरानै फिर्ता भएको छ ।

पोखराबाट उडेको छ मिनेटमै जहाज पोखरा विमानस्थलमा इमेर्जेन्सी अवतरण गरेको हो ।जहाजको बायाँ इन्जिन फेल भएको बताइन्छ ।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार जहाजमा ४५ जना यात्रु सवार थिए । जहाजमा सामान्य समस्या देखिएपछि एउटा इन्जिन बन्द गरेर जहाज अवतरण गरिएको बताइन्छ ।

Comments
Loading...