हिमाली आवाज । नेकपा एमालेको मोर्चा संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अन्र्तगत नेपाल लोकतान्त्रिक तमु संघको शनिवार पोखरामा केन्द्रिय विस्तारित बैठक एवम भेला सम्पन्न भएको छ। भेलाले दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ। समितिको संयोजकमा बेदबहादुर गुरुङ(श्याम) र महासचिवमा हुमबहादुर गुरुङसहित १५१ सदस्यीय आयोजक समिति गठन गरेको छ।
बिस्तारित बैठक तथा भेलाको उद्घाटन गर्नुहुदै नेकपा एमाले स्थायी समिती सदस्य एवम नेपाल लोकतान्त्रिक तमु संघ केन्द्रिय समिती अध्यक्ष किरण गुरुङले संघको स्थापनाको एतिहासिकता, संघको गतिबिधी र आगामी कार्यदिशा प्रष्ट पार्नुभएको थियो।
पहिलो संबिधानसभाको ताका धेरै आदिवासी आन्दोलन बहकिएकाले पाउनसक्ने अधिकार नपाएको मात्रै नभई संविधान सभा नै भंग गरिनु आदिवासीका अधिकार कुण्ठित भएको अध्यक्ष गुरुङको भनाई थियो।अब लोकतान्त्रिक तमु संघले संबिधानले दिएको अधिकार र एमाले पार्टीले निर्दिष्ट गरेको व्यवस्थालाई पुर्ण रुपले उपयोग गर्दै अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेकपा माले पोलिटब्युरो सदस्य एवम लोकतान्त्रिक तमु संघका वरिष्ठ उपाध्यक्ष परशुराम मेघी गुरुङले तमु समुदायभित्र एमालेको असल बिचार प्रवेश र अब्बल कार्यकर्ता निर्माण गर्नु, समुदायको अधिकार एतिहासिक भौतिकवादी द्वन्द्वात्मक प्रगतिशील ढंगले खोजी गर्न तमु संघको गठन गरेको बताउनुभयो । समुदायको अस्तित्व र पहिचान स्थापित गर्न र नागरिक स्वतन्त्रता एवम अधिकारका लागि संघको अभियान भएको उहाँको भनाइ थियो।
यसरी नै एमाले केन्द्रिय सदस्य एवम नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सहइन्चार्ज पासाङ शेर्पाले शुभकामना व्यक्त गर्नुहुदै भावना र मस्तिष्कले लोकतान्त्रिक तमु संघसहित एमाले बन्नुपर्छ भन्दै एमालेमा फर्कन नजान्नेहरुको अरु पार्टीमा हरिबिजोग भएको उहाको भनाई थियो।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ महासचिव पेम्बा भोटेले शुभकामना ब्यक्त गर्नुहुदै एमाले बलियो भए मात्र आदिवासी जनजाती लगाएत तमु को अधिकार सुनिश्चित हुने दावी गर्नुभयो।
लोकतान्त्रिक तमु संघका केन्द्रिय अध्यक्ष किरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मिनाकुमारी गुरुङले स्वागत र महासचिव बेदबहादुर गुरुङ(श्याम)ले संचालन गर्नुभएको कार्यक्रममा कार्यक्रममा नेकपा एमालेबाट स्थानिय निर्वाचनमा निर्वाचित तमु उपमेयर, अध्यक्ष उपाध्यक्षहरुलाई संघका केन्द्रिय अध्यक्ष किरण गुरुङले खदा लगाएर बधाई एवम सम्मान गर्नुभएको थियो।

