पोखरा मलको एक पसलमा आगलागीबाट ठूलो क्षति

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ९ पृथ्वीचोकस्थित पोखरा मलको एक पसलमा गएराति आगलागी भएको छ ।

पोखरा महलमा रहेको २० नम्बर सरटमा रहेको फेन्सी पसलमा राती करिब ९ बजे आगलागी  हुँदा पसलमा रहेका समानहरु जलेर नस्ट भएका छन् । भरत खत्रीले सन्चालन गर्दै आएको फेन्सीमा रहेका कपडा, जुत्ता, झोला, कम्प्युटर, सिसि क्यामरा लगाएतका सामानहरु जलेका प्रहरीले जानकारी दिएको छ ।

आगोलागिबाट करिब १ करोड क्षति गरको प्रहरीको अनुमान छ । आगोलाई पोखरा महागनरपालिकाको दमक, प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब ३० घण्टामा नियन्त्रणमा लिएको थियो

Comments
Loading...