नवौँ राष्ट्रिय खेलकुद:पोखरामा प्रशिक्षक÷प्रशिक्षण सुरुआत

हिमाली आवाज । आसन्न नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषद्ले आजदेखी प्रशिक्षकका लागि प्रशिक्षण कार्यक्रम सुरुआत गरेको छ ।

प्रदेशमा यही भदौ ३ गतेदेखी पहिलो चरणको विशेष खेलाडी प्रशिक्षण सुरु भएसँगै विभिन्न खेलका प्रशिक्षक र स्वयंसेवी गरी कास्कीका १९ जना प्रशिक्षकहरुलाई पहिलो पटक प्रशिक्षण दिन लागिएको हो ।

गण्डकी प्रदेशमा अधिकाँस खेलका प्रशिक्षक नभएपछि अहिले परिषद्ले अग्रज खेलाडीहरु र स्वयंसेवकहरुलाई प्रशिक्षणमा लगाएको छ ।
आगामी एक साता सम्म सञ्चालन हुने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षक÷प्रशिक्षण कार्यक्रमलाई दोश्रो र तेश्रो चरण गरी सबै जिल्लाका पु¥याएर प्रशिक्षकहरुलाई तालिम प्रदान गरिने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताउनुभयो ।

सहभागीहरुलाई खेलविज्ञ एवं अग्रज प्रशिक्षक सशील नरसिंह राणा लगायतले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षकलाई आधारभुतरुपमा आवश्यक पर्ने ‘ट्रेनिङ प्लान’, ‘माइक्रो साइकल’ लगायतका विषयमा प्रशिक्षण दिइने छ ।

उत्कृष्ट नतिजाका लागि प्रशिक्षकहरुलाई यस प्रकारको तालिम महत्वपूर्ण हुने परिषद्ले जनाएको छ । प्रथम चरणको प्रशिक्षण र छनोट सुरु भए पनि सम्बन्धित खेलका प्रशिक्षकहरुलाई यस्तो प्रशिक्षणले खेलाडीहरुको मनोवल उकास्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

परिषद्को आयोजनामा हाल कास्की, नवलपुर, गोरखा, वागलुङ र स्याङजामा पहिलो चरणको खेलाडी छनोट र प्रशिक्षण सञ्चालन भइरहेको छ । सबै जिल्लाका प्रशिक्षकहरुलाई सम्बन्धित जिल्लामा प्रशिक्षण दिने कार्यक्रम तय गरिएको र खेल प्रशिक्षण तथा छनोटलाई कुनै बाधा नपुग्ने गरी प्रशिक्षकहरुलाई तालिममा सहभागि गराइएको परिषद्ले जनाएको छ ।

गण्डकीमा पहिलो चरणको खेलाडी प्रशिक्षणपछि दोस्रो चरणमा २२ वटा खेलहरुको जिल्ला छनोट प्रतियोगिता हुने सञ्चालनको कार्यतालिका छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रिय खेलकुदका लागि गण्डकीको टोली तयार हुनेछ ।

परिषद्का अनुसार जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गते सम्म सञ्चालन हुनेछ र विशेष प्रशिक्षण र जिल्ला छनोट पश्चात पोखरामा भदौ १५ देखि १८ गते सम्म अन्तिम छनोट तालिका तय गरिएको छ ।

परिषद्ले अन्तिम छनोट भएका खेलाडीहरुलाई आगामी भदौ २६ देखि असोज २६ गते सम्म आवासीय सुविधा सहित पोखरामा बन्द प्रशिक्षणमा राखिने जनाएको छ ।

गण्डकी प्रदेशमा दोस्रो पटक आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म नवौँ संस्करणको राष्ट्रिय खेलकुद हुन लागेको हो । यसअघि विसं २०४० मा पोखरामा दोस्रो संस्करण आयोजना गरिएको थियो ।

Comments
Loading...