सिट बाँडफाँट टुँगो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनबीच सीट बाँडफाँडबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बस्न लागेको हो ।

यसअघि हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन जानु भएकाले बैठक आजका लागि सारिएको थियो । गठबन्धनका नेताहरुले भदौ ९ गतेभित्र सिट बाँडफाँट टुँगो लगाउने बताउँदै आएका थिए ।

Comments
Loading...