हिमाली आवाज । पोखरा महागनरपालिकाले महानगरभित्र पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गरी निर्माण भएका भवनका भूमिगत तलालाई पार्किङ प्रयोजनमा ल्याउन आग्रह गरेको छ ।
महानगरले आज एक सूचना जारी ३५ दिनभित्र भूमिगत तला खाली गरी पार्किङका रुपमा प्रयोगमा ल्याउन नगरवासीमा अपिल गरेको हो ।
तोकिएको समयभित्रमा भूमिगत तला खाली गरी पार्किङमा नल्याउने घरधनीहरुलाई कारवाहीको दायरामा ल्याइने महानगरले जनाएको छ ।

