हिमाली आवाज । आसन्न मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की क्षेत्र नं १ बाट उम्मदवार बनाउन प्रश्ताव गरिएको छ ।

काँग्रेस क्षेत्रीय समितिको बैठकमा कास्की कांग्रेसका सचिव भानु ढकालले कास्की १ बाट कांग्रेस उम्मेदवारको रुपमा महामन्त्री थापालाई उठाउन प्रस्ताव गर्नुभएको हो ।
विसं २०७० र २०७४ मा काठमाडौं–४ बाट निर्वाचित हुनुभएका थापालाई कास्कीबाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।
