हिमाली आवाज । पोखराका युवा व्यवसायी तारानाथ ढुंगानाले आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा महासचिव पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
उद्योग वाणिज्य संघको निर्वतमान कार्यसमिति सदस्य समेत रहनुभएका ढुँगाना युवा व्यवसायीहरुमा लोकप्रिय हुनुहुन्छ । उद्योग वाणिज्य महासंघको ३४ औँ महाधिवेशन यही भदौ २४ र २५ गते हुँदैछ ।
महासचिवमा उम्मेदवारी घोषणपछि हिमाली आवाजसँग कुरा गर्दै उहाँले समग्र उद्योगी व्यवसायीको हित र संस्थाको गरिमालाई उचो बनाउन आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“समग्र व्यवसायीको हित र संस्थाको गरिमालाई माथि उठाउनेनै मेरो चुनावी प्रतिवद्धता छन् । ”ढुँगाना मदिरा व्यवसायी महासंघको केन्द्रीय महासचिव समेत हुनुहुन्छ ।
ढुंगानाले सञ्चालन गरेका व्यवसायिक प्रतिष्ठानहरुमा तारा सुमन सप्लायर्स, अभिनव ट्रेडर्स, नाइस ट्रेडिङ, नाइस इन्टरप्राइजेज, गुडमर्निङ ट्रेड सेन्टर र बाराही मेनेजमेन्ट सोलुशन प्रालि रहेका छन् ।

