पोखराको शेरा जागृती टोल विकास संस्थाको अध्यक्षमा सुवेदी

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १७ स्थित सेरा जागृति टोल विकास संस्थाको आज सम्पन्न प्रथम अधिवेशन तथा साधारण सभाले टोल विकास समिति गठन गरेको छ ।

टोलका ज्येष्ठ सदस्य एवं समाजसेवी सिँहबहादुर गुरुङ, वडा नं १७ का वडासदस्य विक्रम गुरुङ, शेरा जागृति टोल आमा समूहका अध्यक्ष लक्ष्मी शर्मा पौडेल लगायतको उपस्थितिमा भएको टोलवासीको भेलाले टोलका अध्यक्षमा धर्म सुवेदीका अध्यक्षतामा टोल विकास संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।टोल विकास समितिको उपाध्यक्षमा विष्णुमाया पौडेल, सचिव तुलसी प्रसाद पौडेल र कोषाध्यक्ष राजिव केसी चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा गुरुद्धत्त बराल, गोविन्द प्रसाद आचार्य,चन्द्र बराल क्षेत्री, विन्दु कार्की, गीता केसी,हरि पौडेल र विन्दु महत रहनुभएको छ ।
कार्यक्रममा युवा समाजसेवी लोकबहादुर गुरुङ, वामदेव पौडेल, अम्विका घिमिरे लगायतले नयाँ चुनिएको टोल कमिटी टोलको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

Comments
Loading...