हिमाली आवाज । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आसन्न निर्वाचनमा प्रदेशसभातर्फ सिफारिस हुनुभएको छ ।
एमालेका उपमहासचिव समेत रहनु भएका नेता गुरूङ लमजुङ प्रदेश सभा क्षेत्र (ख) बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस हुनुभयो ।
एमाले लमजुङको शनिबार बसेको पाँचौं पूर्ण बैठकले गुरूङलाई प्रदेश सभा क्षेत्रतर्फ उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।एमाले लमजुङले जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई पनि प्रदेश तर्फ उम्मेदवार सिफारिस गरिएको छ ।

यस्तै प्रदेश सभा क्षेत्र (क) को प्रत्यक्षतर्फ एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, राजकुमार विष्ट र जीतबहादुर गुरुङ सिफारिस हुनुभयो ।
एउटा मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको लमजुङमा प्रत्यक्षतर्फ एमालेबाट केन्द्रीय सदस्य जमिन्द्रमान घले र जिल्ला सचिव सुभास पौडेल सिफारिस हुनुभएको सो पार्टीले जनाएको छ ।
