हिमाली आवाज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललेदुई वर्षभित्रै सबै घरमा पर्याप्त विद्युत् उपलब्ध हुने बताउनुभएको छ । अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको भन्दै उहाँले अब दुई वर्षभित्रै सबै घरमा चाहिएजति विद्युत् उपलब्ध गराउने गरी सरकारले तिब्र रुपमा काम गरिरहेको जानकारी दिनुभयो ।
रुपन्देहीको मैनहियामा सोमबारबुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन उद्घाटन गर्दै भुसालले सबैले विद्युतीय उपकरण प्रयोग गर्नुपर्ने भन्दै यातायात, सिँचाइलगायतका क्षेत्रमा पनि अव विद्युतीय साधनको प्रयोग गर्न जरुरी रहेका बताउनुभयो ।

सरकारले प्रयोग गरेर बढी भएको बिजुली भारत र बङ्गलादेशमा बिक्री गरिने योजना बनाएको छ भने अहिले भारतमा बिजुली निर्यात समेत भैरहेको छ।
उहाँले विद्युतीय सवारीका लागि सरकारले नै चार्जिङ स्टेशन बनाउने भन्दैबिजुली सवारी किन्न अनुरोध गर्नुभयो । नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ ।
सिँचाइका लागि प्रयोग हुने विद्युत् महशुलमा ७५ प्रतिशत कटौती गरेको भन्दै भुसालले किसानलाई यसले राहत पुगेको बताउनुभयो ।
बिजुलीको प्रयोगले मात्रै पनि उत्पादनमा ठूलो योगदान पुग्ने उनको धारणा थियो। प्रसारण लाइनको निर्माणसँगै करिब दुईसय मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ भनेसबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर र ३३–११ केभी, १६ एमभिए पावर ट्रान्सफर्मर छन् ।
