पत्रकार शाहीलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

हिमाली आवाज । पोखरका क्रियाशील पत्रकार नारायण शाही ठकुरी सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
सहारा क्लबले आफ्नो २४ औं वार्षिकोत्सवका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

क्लबले खेल पत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै पत्रकार शाहीलाई ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार’ बाट सम्मान गरेको हो । उहाँलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले २० हजार ५५५ रुपैयाँ नगद सहित दोसल्ला र ताम्रपत्रबाट सम्मान गर्नुभयो । त्यस्तै क्लबको मानार्थ सदस्यबाट बरिष्ठ पत्रकार नारायण कार्की र उत्कृष्ट सदस्यबाट सिद्धार्थ थापा मगरलाई सम्मान गरियो ।

कार्यक्रममा महानगरप्रमुख आचार्यले सामाजिक सेवा एवम् खेलका माध्यमबाट सहारा क्लबले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । कार्यक्रममा बरिष्ठ पत्रकार नारायण कार्की, सम्मानित व्यक्तित्व नारायण शाही, बरिष्ठ उपाध्यक्ष केशवराज बराल, महासचिव रामजीप्रसाद अधिकारी, गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले क्लबले खेल खेलाउँदै एकेडेमी चलाउँनु अरुका लागि पनि अनुकरणीय भएको बताउनुभयो ।

Comments
Loading...