पोखरामा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा मृत्यु

पोखरा,११ भदौ। पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको विहान ८ः०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।

गत भदौ ७ गते कोरोना पुष्टि भई ती महिला अस्पतालमा भर्ना भएकामा हिजो राति अवस्था गम्भीर भएपछि भेन्टीलेटरमा सारिएको थियो।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा हालसम्म पाँच जनाको मृत्यु भएको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या नौ छ । कास्कीमा तीन, स्याङ्जामा दुई तथा गोरखा,तनहुँ, बाग्लुङ तथा म्याग्दीमा एक÷एक जनाको मृत्यु छ ।

 

Comments
Loading...