पदयात्रा पर्यटनका बारेमा सिइओ रेग्मीको भनाईप्रति युनिट्राभ गण्डकीको आपत्ति

पोखरा,१५ भदौ । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनन्जय रेग्मीले केही दिनअघि सञ्चार माध्यममा पर्वतीय पर्यटन, पदयात्रा तथा हिमाल आरोहण व्यवसायी र श्रमिकप्रति व्यक्त गरेको भनाईप्रति युनिट्राप गण्डकीले ध्यानाकर्षण भएको जनाएको छ ।

झोले कम्पनीबाट काम गर्ने,राज्यलाई कर नतिर्ने तथा सामाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएका जस्ता शव्दहरु जिम्मेवार संस्थाका कार्यकारी अधिकृत रेग्मीले व्यक्त गरेकाले त्यसतर्फ आफूहरुको ध्यानाकर्षण भएको नेपाल ट्रेकिङ,ट्राभल्स एयरलाइन्स,पुरातात्वीक,संस्कृति, कार्गो मजदूर युनियन(युनिट्राभ) गण्डकीका अध्यक्ष विजय केसीद्धारा आज जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सरकारले नेपालमा पदयात्रा तथा हिमाल आरोहणमा श्रम गर्न श्रमिकका लागि अनुमति पत्र लिएर मात्र काम गर्न पाउने गरी व्यवस्था गरेको हुँदा अनुमितपत्रका लागि आन्तरिक राजश्व कार्यालयबाट प्यान लिएर काम गर्दा होस् वा नहोस् श्रमिकले वार्षिक कर भुक्तानी गर्दै आएको विज्ञप्तीमा जनाइएको छ ।

कोरोनाबाट तहसनहश भएको पर्यटन क्षेत्र र यसमा आवद्ध श्रमिकहरुलाई प्राथमिकतामा राखी दक्ष जनशक्तिलाई यही क्षेत्रमा रहने गरी राहतका कार्यक्रम ल्याउनुपर्ने जिम्मेवार संस्थाका प्रमुखबाट आएको गैरजिम्मेवार अभिव्यक्तिलाई सार्वजनिक रुपमा सच्चाई अगाडी बढन् र जिम्मेवारी अनुसारको कार्य गर्न समेत युनिट्राभले माग गरेको छ ।

Comments
Loading...