वामदेव गौैतमलाई राष्ट्रियसभामा लैजाने नेकपा सचिवालयको निर्णय

पोखरा,१८ भदौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालयको आजको बैठकले बामदेव गौतमलाई राष्ट्रियसभाको सदस्यमा लैजाने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले पार्टी सचिवालय सदस्य समेत रहेका गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त राष्ट्रियसभा सदस्य पदमा गौतमलाई सरकारका तर्फबाट राष्ट्रपति समक्ष सिफारिस गर्ने जानकारी गराएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा देशमा कोरोनाको संकटबारे छलफल तथा बाढी पहिरोमा भएको धनजनको क्षतिप्रति दुख व्यक्त गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

Comments
Loading...