हिमाली आवाज ।लम्जुुङको क्होलासोँथर गाउँपालिका वडा नं ५ सिङ्दीमा सञ्चालित सिङ्दी सामुदायिक होमस्टे पदयात्रा पर्यटनसँग जाोडिने भएको छ ।
गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) गण्डकी प्रदेशको सकृयतामा अध्ययन एवम् अन्वेषण गरी घोषणा गरिएको गुुरुङ सम्पदा पदमार्गमा सिङ्दी समावेश गरिएको छ ।
कास्की, लम्जुुङ र मनाङका विभिन्न भागहरू समेटिएको यस पदमार्गले पहाडी तथा हिमाली भेगका कोरी, क्होलासोँथर, ठूलो लेक, थुुर्जु, दुधपोखरी, गुुरुङ देउरालीदेखि मनाङको तिमाङसम्मका भूभागलाई समेटेको जिटिन गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् गुुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजंग गुरुङले जानकारी दिनुुभयो ।पदमार्ग अन्तर्गत लम्जुुङका प्राचीन गाउँहरूलाई समेट्दै यिनीहरूको प्रवद्र्धन गर्न खोजिएकोे उहाँले जानकारी दिनुुभयो ।
संघले चरणवद्ध रुपमा खोज अन्वेषण र प्रवद्र्धन गर्दै सन् २०२६ देखि यो पदमार्ग पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको अध्यक्ष किसम कुमारी गुुरुङले जानकारी दिनुुभयो ।
संघले तेस्रो चरणको कार्यक्रम अन्तर्गत शुक्रबारदेखि नेपाल पर्यटन वोर्ड, क्व्होलासोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लम्जुङको सिङ्दीहुँदै दुधपोखरी, लम्जुङ एवम् मनाङको सिमाना गुरुङ देउराली, हर्सिङडाँडा लगायतका स्थानलाई पदमार्गका रुपमा समेट्ने गरी खोज तथा अन्वेषण सुुरु गरेको उहाँले बताउनुुभयो ।
उहाँका अनुुसार गुरुङ सम्पदा पदमार्गका रुपमा परम्परागत भेडीगोठसँगै प्राचीन नुन बोक्ने मार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ आयोजित यस चरणको कार्यक्रममा पोखराबाट लम्जुङको सिड्दी हुँदै पसगाउँ – भुजुङ – घनपोखरा – राप्रुजु – क्युपारा – थुर्जु –दुधपोखरी÷गुरुङ देउराली – को ब्रोखर्का– सिउरुङ– हर्सिङडाँडा हुँदै पुनः पोखरासम्मको खोज अनुसन्धानात्मक पदयात्रा गरिने छ ।
पदमार्ग प्रवद्र्धन टोलीलाई सिङ्दीमा स्वागत गर्दै सिङ्दी सामुदायिक होमस्टेका अध्यक्ष हुकुमबहादुर गुुरुङले आँफूहरूले होमस्टेलाई पदयात्रा पर्यटनसँग जोड्ने बताउनुुभयो ।

यहाँका कुल २३५ घर मध्ये २० वटा घरमा घरवास सञ्चालन भएको जानकारी दिदै उहाँले २०७६ सालदेखि सुरु गरिएपनि औपचारिक दर्ता भने २०८१ मा मात्र भएको जानकारी दिनुुभयो ।
सिङ्दीमा दैनिक तीन सय जनासम्म पर्यटकलाई घरवासमा राख्न सकिने बताउँदै उहाँले स्थानीय उत्पादनको स्वादसँगै यहाँको प्रकृति र संस्कृतिको भरपुर उपयोग गर्न पाउने बताउनुुभयो ।अन्य गाउँमा जस्तो बसाइ सराईको अवस्था सिङ्दीमा नरहेको बताउँदै उहाँले पदयात्रा पर्यटनलाई घरवाससँग जोड्दै धेरै भन्दा धेरै पर्यटकलाई गाउँमा भित्राउने योजना रहेको बताउनुुभयो ।
सिङ्दीमा खानेपानी लगायतका सुविधा सहज रुपमा उपलब्ध भैरहेको क्होलासोँथर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गीतबहादुर गुरुङले बताउनुुभयो ।घरवासमा आएका पर्यटकलाई उहाँहरूको इच्छा अनुुसार कागुनोको भात, कोदो तथा मकैका परिकार आदि उपलब्ध गराउने गरिएको उहाँको भनाइ छ ।
प्राचीन कालदेखि मिलेर बसेको सुन्दर बस्तीलाई पदयात्रा पर्यटनसँग जोड्दै यसलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुुभयो ।
गाउँस्थित गुम्बा, देवीस्थान मन्दिर आदि यहाँका धार्मिक पर्यटकीय गन्तव्य हुन् । सोरठी, घाँटुु, कृष्णचरित्र जस्ता संस्कृतिहरू विद्यमान रहेको उहाँले जानकारी दिनुुभयो ।
सिङ्दीबाट पर्यटकीयस्थल कर्पुुडाँडालाई पदमार्ग मार्फत जोड्ने गरी यहाँको करिब एक हजार ३०० मिटर सिंढी बाटो निर्माण गरिएको र बाँकी बोटोलाई पनि जोड्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
पर्यटकीय नगरी पोखराबाट दैनिक सार्वजनिक यातायात सञ्चालन भैरहेको सिङदीमा आउन करिब चार घण्टा लाग्दछ । सिङदीबाट पोखरा जोडिने सडकलाई व्यवस्थित गर्न भने जरुरी रहेको उहाँमो भनाइ छ ।