हिमाली आवाज । विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।
अदालतमा आज थुनछेक बहस भएको थियो। बहसपछि अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो।
नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जलि जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर गरेको थियो।