मर्दीकाे तटीय क्षेत्रमा सावधानी अपनाउन अपिल

हिमाली आवाज ।  जल तथा मौसम विज्ञान विभागले कास्कीको माछापुच्छ«े गाउँपालिकास्थित मर्दी खोलाको जल सतह बढेपछि तटीय क्षेत्रका नागरिकहरूलाई सावधानी अपनाउन अपिल गरेको छ ।

विभागले आज साँझ ५ः३० बजे लाहाचोकस्थित मर्दी खोलाको पानीको सतह चेतावनीस्तर(सतर्कता तह) तीन दशमलव चार मिटर भन्दा माथि पुगेपछि सचेतनाका लागि आग्रह गरेको हो ।

मर्दी खोलाको किनारमा बसोबास गर्ने गाउँबस्तीहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । अविरल वर्षापछि मर्दी तथा यसका सहायक नदीहरुमा पानीको सतह बढेको छ ।

माछापुच्छ«े–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले मर्दीको तटिय क्षेत्रका नागरिकहरुलाई सुरक्षित रहनका लागि आग्रह गरिएको बताउनुभयो ।

उहाँका अनुसार आज दिउसो देखी मर्दी क्षेत्रमा भारी वर्षा भइरहेको छ । “खोला किनारमा खेतीपाती गर्ने,माछा मार्ने वा बालुवा–गिटी संकलन नगर्नुहोस् तथा जोखिम महसुस भएमा तत्काल वडा कार्यालय वा नजिकको प्रहरीलाई खबर गर्नुहोस् भनेर स्थानीयलाई भनेका छौँ । ” वडाध्यक्ष क्षेत्रीले भन्नुभयो ।

यसैगरी माछापुच्छ«े वडा नं ८ का वडाध्यक्ष राम गुरुङले पनि सामाजिक सञ्जालमार्फत सावधानी अपनाउन सबैमा आग्रह गर्नुभएको छ । उहाँले खोलातिर नजान र बालबालिकालाई समेत खोलातिर नपठाउन अपिल गर्नुभएको छ ।  कास्कीको माछापुच्छ«े गाउँपालिका भएर बग्ने मर्दी खोला सेती नदीमा आएर मिसिन्छ ।

Comments
Loading...