सगरमाथाका उत्पादन:हरेक क्षेत्रमा सँधै अब्बल

प्लस टु टल्क’

हिमाली आवाज । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा केही दिनअघि सार्वजनिक गरेको छ । एसईईको नतिजा आएपछि अब के पढ्ने ? कहाँ पढ्ने ? भन्ने कुरा सबै विद्यार्थीको मनमा खेली रहेका छन् ।

विद्यार्थीको अबको बाटो कता मोडिने भन्ने निक्र्योल गर्ने भएकाले समेत एसइई पछिको शिक्षा सबैका लागि महत्वपूर्ण हुन्छ । भोलि के बन्ने ? कस्तो पेशा–व्यवसाय रोज्ने ? कुन क्षेत्रमा करियर बनाउने ? त्यसैले कक्षा ११ र १२ हरेक विद्यार्थीका लागि महत्वपूर्ण मोड हो ।

यस्तोमा विद्यार्थीहरु उत्कृष्ट कलेजको खोजीमा रहेका हुन्छन् । बजारमा राम्रो कलेजको खोजीमा रहेका विद्यार्थीहरुका लागि पोखरामा साढे दुई दशकदेखी फरक पहिचान बनाउन सफल सगरमाथा माध्यमिक विद्यालय सही शैक्षिक गन्तव्य बन्न सक्दछ ।पोखरा महानगरपालिका–४ मा अवस्थित सगरमाथाले नाम जस्तै शिक्षा क्षेत्रमा आफ्नो उचाई कायम गरेको छ ।

विगतदेखीनै उच्च शिक्षाका लागि अधिकाँस विद्यार्थी र अभिभावकको रोजाईमा पर्ने गरेको यस विद्यालयले शिक्षा उत्कृष्ट रहेको छ ।स्थापनाकालदेखीनै देशका उत्कृष्ट १० कलेजमा पर्दै आएको सगरमाथाले कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा हासिल गरेकालेनै अभिभावक र विद्यार्थीको रोजाईमा पर्ने गरेको हो ।

सगरमाथाको शैक्षिक वातावरण अन्यत्र भन्दा भिन्न छ । विद्यालयका संस्थापकहरुलेनै कक्षा लिने भएकाले राम्रो नतिजा जहिले पनि प्राथमिकतामा पर्ने गरेको छ । विद्यार्थी मैत्री भएर अध्यापन गरिन्छ।

सगरमाथा माध्यमिक विद्यालयका प्राचार्य धनबहादुर थापा दुई दशकभन्दा बढी शिक्षण अनुभव भएका संस्थापकहरु आफैले अध्यापन गर्ने भएकाले समेत विद्यालयको शैक्षिक वातावरण र नतिजा जहिले पनि उत्कृष्ट हुने गरेको बताउनुहुन्छ ।

“कलेजका प्रमोटर हामी आफैँ अध्यापन गर्दछौँ । जसले गर्दा कुन विद्यार्थीमा के कमजोरी छ र भन्ने कुरा हामीलाई थाहा हुन्छ । विद्यार्थीको कमजोरी थाहा हुने र सुधारका लागि समेत शिक्षकहरु आँफै निर्णय लिन स्वतन्त्र भएकाले हाम्रो शिक्षा अन्य कलेजको भन्दा फरक हुन्छ। यसले गर्दा यहाँ अध्ययन गरेका विद्यार्थी हरेक क्षेत्रमा अब्बल भएर निस्केका छन् । ” प्राचार्य थापाले भन्नुभयो ।

सगरमाथाका उत्पादन हरेक क्षेत्रमा अब्बल बनेका छन् । सरकारी तथा निजी सबै क्षेत्रमा विद्यार्थीले राम्रो गर्दै आएको विद्यालयले जनाएको छ ।
सगरमाथामा अध्ययन गरेका २० जना विद्यार्थीले विसं २०७९÷०८० मा नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षा उत्तीर्ण गरेर रजिष्ट्रर डाक्टर बने । सोही वर्ष नौ जनाले लोकसेवाका विभिन्न जाँच पास गरेर इन्जिनियर बने । केहीले चार्टड एकाउन्टेन्टको परीक्षा पास गरे कतिले छात्रवृत्तिमा अमेरिका, अष्टे«लिया लगायतका देशहरुमा नाम निकाल्न सफल भएको विद्यालयलको भनाई छ । विद्यालयका अनुसार सगरमाथाका उत्पादन हरेक क्षेत्रमा सफल र स्थापित बनेका छन्

विसं २०५७ मा स्थापना भएको सगरमाथाले पोखरामा मात्र नभई देशमै आफ्नो पहिचान बनाएको छ । स्थापना समयदेखी देशभित्र उत्कृष्ट १० भित्र पर्दै आएको विद्यालयले त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन । उत्कृष्ट शैक्षिक नतिजाका कारणले विद्यालय निरन्तर ‘टप टेन’भित्र पर्ने गरेको प्राचार्य थापाले बताउनुभयो ।

उहाँका अनुसार विद्यालयले विसं २०६२, २०६४ र २०६५ मा निजी र संस्थागत कलेजहरुतर्फ गण्डकी प्रदेशमै क्षेत्रीय अवार्ड समेत प्राप्त गर्न सफल भयो ।विद्यालयबाट उत्पादित विद्यार्थीहरुले आफ्नो पेशामा उत्कृष्टता कायम गरेका छन् । जसले गर्दा अहिले अधिकाँस विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आइरहेको छ ।

प्राचार्य थापाले गुणस्तरीय शिक्षाका कारण विद्यालयबाट उत्पादित विद्यार्थी आफ्नो पेशामा जहिलेपनि अब्बल बन्न सकेको बताउनुहुन्छ ।
थापाले भन्नुभयो,“ स्थापनाको समयमा जसरी हामीले देशमै उत्कृष्ट नजिता हासिल गरेर सम्मानित भएका थियौँ । सोही लयलाई अहिले पनि कामयै राख्न सफल छौँ । विज्ञान र व्यवस्थापनको पढाईका लागि सगरमाथा आम विद्यार्थी र अभिभावकको रोजाईमा परेको छ ।”

“हामी विद्यार्थीहरुलाई शिक्षण सिकाईका लागि स्वस्थ शैक्षिक वातावरण तयार पारेका छौँ । यहाँबाट पास भएर गएका विद्यार्थीले जीवनमा कहिल्यैपनि पछि फर्केर हेर्नुपरेको छैन, सफलतानै सफलता हासिल गरेका छन् ।” थापाले भन्नुभयो ।

सगरमाथाले दुई दशकअघिदेखी विज्ञान र व्यवस्थापनमा कक्षा सञ्चालन गर्दै आएपनि गतवर्षदेखी होटल म्यानेजमेन्ट समेत अध्यापन शुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद त्रिपाठीले बताउनुभयो । “विद्यार्थीमैत्री र विद्यार्थी केन्द्रीत शिक्षाले सगरमाथाले आफ्नो विरासतलाई कायम राखेको छ । ” अध्यक्ष त्रिपाठीले भन्नुभयो ।

आफ्नै सुविधासम्पन्न भवन, शान्त तथा हरियाली वातावरण प्रयोगशाला, ई–लाइब्रेरी तथा स्मार्ट शिक्षण प्रक्रियाले विद्यार्थीहरूलाई सजिलो बनाएको विद्यालयको भनाई छ ।

Comments
Loading...