हिमाली आवाज । डेंगु रोगको जोखिम बढिरहेको वर्तमान समयमा पोखरा महानगरपालिका वडा नं. १२ र नेपाल रेडक्रस सोसाइटी वडा १२ उपशाखाको संयुक्त आयोजनामा बुधबार एक भव्य डेंगु सचेतना रÞ्याली सम्पन्न भएको छ । रÞ्यालीको उद्देश्य समुदायमा डेंगु रोगको जोखिम, रोकथाम र नियन्त्रणका उपायहरूबारे जनचेतना फैलाउनु रहेको थियो ।
सचेतना रÞ्याली वडा कार्यालयबाट सुरु भई विभिन्न टोल घुम्दै पुनः वडा कार्यालयमै पुगेर समापन गरिएको थियो । रÞ्यालीमा ब्यानर र सचेतनामूलक सन्देशहरू सहित सहभागीहरूले लामखुट्टे नियन्त्रण र सरसफाइको महत्वबारे स्थानीयहरूलाई जानकारी दिएका थिए ।
वडाध्यक्ष सन्तोष बास्तोलाले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, “डेंगु नियन्त्रणको मूल उपाय भनेकै सचेतना हो । प्रत्येक नागरिकले आफ्नो घर वरपर सफा राख्ने बानी बसाल्नुपर्छ ।” उहाँले यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास पनि व्यक्त गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्किका कोषाध्यक्ष एवंम १२ उपशाखाका समन्यकर्ता मोहनसिंह खड्काले पनि सामूहिक सहभागिताको आवश्यकता औँल्याउँदै भन्नुभयो “सामूहिक प्रयासबिना डेंगु नियन्त्रण सम्भव छैन । हामी सबै मिलेर सचेत र सफा समुदाय निर्माण गर्नुपर्छ ।”
नेपाल रेडक्रस सोसाइटी वडा १२ उपशाखाका सभापती इन्दिरा पन्तले स्थानीय स्तरबाटै शुरु गरिएको यस्तो अभियानले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडाका जनप्रतीनिधी एवंम कर्मचारी, स्थानीय आमा समूह, युवा क्लब, टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका, नेपाल रेडक्रस सोसाइटीका पधादिकारी, सामुदायिक सेवा केन्द्र–१२ र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्वास्थ्य स्वयंसेविका एवंम स्वास्थ्यकर्मीहरूले डेंगुको लक्षण, उपचार र बच्ने उपायबारे प्रष्ट जानकारी दिँदै स्थानीयहरूलाई सतर्क रहन आग्रह गरे ।